मजदूर दिवसको ‘साइत’ पारेर प्रचण्डले पुत्रलाई सार्वजनिक गरे

१८ बैशाख २०७०, बुधबार २३:०६ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । मजदुर दिवसको अवसरमा बुधबार इटहरीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले एमाओवादीको नेतृत्वमा बन्ने चुनावी मोर्चाले अबको चुनावमा दुई तिहाई मत ल्याउने दाबी गरेका छन् । आफूदरा हालै गरिएको चीन र भारत भ्रमणको प्रसंग निकाल्दै उनले ती छिमेकी दशहरुसँग पूर्वाञ्चलको भौतिक पूर्वाधारका लागि आफूले अनेक आयोजनाहरु मागेको बताउँदै पूर्वाञ्चलवासीलाई विकासका सपना देखाएर भोट माग्न सुरु गरेका छन् ।
उनले सुनसरी(मोरङ औद्योगिक करिडोरका उद्योग चलाउन विद्युत् अभाव रहेको आफूले बुझेको र यसका लागि भारतसँग ५० मेगावाट विजुली माग गरेको बताए भने विराटनगरको जुटमिल चलाउने वातावरणका लागि पहल गर्न आग्रह गरेको पनि जनाए । यस्तै प्रचण्डले पूर्वाञ्चलमा पनि अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने आश्वासन दिए । उनले किमाथाङ्कादेखि मोरङसँग लिंक रोड निर्माणका लागि चीनलाई अनुरोध गरेको उल्लेख गरे ।
उनको बुधबारको इटहरि यात्रा खास अर्को कारणले पनि चर्चामा रह्यो । प्रचण्डपुत्र प्रकाशले विना मगरलाई कान्छी पत्नी बनाएपछि दुई बाबुछोरा एकसाथ कतै नदेखिएकोमा पहिलो पटक उनले मे दिवसको साइत पारेर छोरा प्रकाश दाहाललाई सँगै लिएर गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा