बेरोजगार बनेपछि नायिकाहरु दुःखी

१८ बैशाख २०७०, बुधबार १६:४८ मा प्रकाशित

राजन घिमिरे । समयलाई चिन्न नसक्दा,  अनि दर्शकको माग र चाहनाअनुरूप आफूलाई प्रस्तुत गर्न नसक्दा ठूलो सपना बोकेर चलचित्र क्षेत्रमा होमिएका केही नायिकाको अवस्था यतिबेला घर न घाटको भएको छ ।
यता नवप्रवेशी युवतीहरूले दर्शकमा क्रमशः छाप छोड्न थालेपछि दश वर्षअघिदेखि निरन्तर रूपमा सिनेमा क्षेत्रमा होमिएका नायिकाको नाम त हटाउने अवस्थामा पुगि नै सक्यो, त्यसमाथि पनि आफ्नो जवानीका उमेरहरू चलचित्र क्षेत्रलाई दिँदा यतिबेला उमेर पनि बाटो काट्दा अहिले यता न उताको अवस्थामा छन् यिनीहरू । रेजिना उप्रेती, नन्दिता केसी, ऋचा घिमिरे र सञ्चिता लुइँटेलको अवस्था साँच्चीकै नाजुक हुन थालेको छ । एकपछि अर्को नयाँ चलचित्रमा व्यस्त हुनुपर्ने समयमा यिनीहरू हाल कोही सन्तान खेलाएर घरतिरै बसिरहेका छन् भने कोही कसैले फिल्मको अफर गर्लान् कि भन्ने आशमा मोबाइलको घन्टी कुरेर बसिरहेका छन् । तर, यिनीहरू सबैको आशमा तुषारापात हुने गरेको छ ।
चर्चाको शिखरमा हुँदाहुँदै सञ्चिताले निखिल उपे्रतीसँग सुटुक्क बिहे गर्नु नै उनका लागि अभिशाप बन्न पुग्यो । अहिले दुई सन्तानकी आमा बनेकी सञ्चितालाई निखिलले पनि त्यति वास्ता गर्दैनन् भने उनी अहिले माइतीको रेखदेखमा बस्छिन् । विवाहित छोरीको रेखदेख माइतीले गर्नुपर्दाको ठूलो पीडा अरू के नै हुन्छ र ? निर्माता निर्देशकहरूको नजरमा अब सञ्चिता पर्न छाडेकी छिन् ।
पहिले नै अरूले फिल्म नखेलाएपछि आफैँ निर्मात्री भएकी ऋचाको पीडा पनि कम छैन । सन्तान पाएपछि मोटाएकी ऋचालाई लहडमा चाँडो विवाह गर्नु नै घात बन्न पुगेको छ । अब लगभग उनी सिनेमा क्षेत्रबाट हराएकोजस्तै भइसकेको छ । क्षमता हुँदाहुँदै आफ्नै कारणले पछि परेकी ऋचा यो उमेरमा आएर सन्तान खेलाउनुमा नै सीमित हुन पुगेकी छिन् ।
अन्य दुई नायिका रेजिना उपे्रती र नन्दिता केसी अविवाहित त हुन् तर त्यो भए तापनि उनीहरूको जादु अब सिनेमा क्षेत्रमा नचल्ने निश्चित भएको छ । एउटै अभिनय र खासै प्रभाव पार्न नसक्ने उपस्थितिका कारण रेजिना र नन्दिताको चलचित्र क्यारियर पनि यतिबेला माइनस हुँदै गइरहेको छ । आकर्षक उचाइको अभाव पनि यी दुईलाई मार खुवाउने माध्यम बन्यो । पछिल्लोपटक रेजिना सिनेमाको निर्मात्री पनि बनिन् तर त्यो सिनेमा पनि नचल्दा उनको नैराश्यता छाएको छ । अर्की हिरोइन नन्दिताले भने म्युजिक भिडियोतिर फाट्टफुट्ट काम पाइरहेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत

मुम्बाइ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय

काठमाडौं । नेपाली संगीत क्षेत्रमा गायिका इन्दिरा जोशी निकै चर्चित छिन् । आफ्नो सुन्दरताका साथै सुमधुर स्वरका कारण पनि इन्दिराको