नेविसंघ रुपन्देहीमा विवाद, ७ बर्षसम्म अधिवेशन भएन, एकै जिल्लामा दुई अध्यक्ष

१८ बैशाख २०७०, बुधबार १६:२० मा प्रकाशित

चन्द्रकान्त  खनाल, रुपन्देही, १८ वैशाख । हस्तक्षेपकारी भुमिका खेलेरै भए पनि नेवि संघ भित्रकोविवाद तत्काल मिलाउन आग्रह गर्दै नेवि संघ उपाध्यक्ष र सचिवसहितको एक टोलीले रुपन्देही कांग्रेसलाई ज्ञापन पत्र बुझाएको छ । केही समययता दुई जिल्ला सभापति खारेज गरी पुनर्गठनको माग गर्दै आएका नेवि संघ उपाध्यक्ष लोकनाथ अधिकारी, सचिव बिष्णु पोखरेलसहितका क्षेत्रीय तथा क्याम्पस ईकाई सभापतिहरुले एक हप्ताभित्र बिबाद नमिलाए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिँदै पार्टी र नेवि संघ केन्द्रीय समितिलाई ज्ञापन पत्र दिएको हो । त्यसको बोधार्थ कांग्रेस केन्द्रीय सदस्यहरु रामकृष्ण ताम्राकार, बालकृष्ण खाण, बाबुराम राना र केन्द्रीय सदस्य एवं बिद्यार्थी बिभाग प्रमुख नविन्द्रराज जोशीलाई पनि बुझाइएको छ ।
दुई–दुई बर्षमा हुनु पर्ने रुपन्देही नेवि संघको अधिवेशन सात बर्षसम्म भएको छैन । जिल्लामा प्रकाश राना र जमुना ढकालले आ–आफुलाई सभापति दावि गर्दै आएका छन् । तर पछिल्ला दिनहरुमा दुवैको सगंठनमा क्रियाशीलता भने न्युन छ । दुवैजनाले आ–आफुलाई सभापति दावि गर्न थालेपछि लामो समयदेखि नेविसंघ रुपन्देहीमा बिबाद बल्झिएको छ । जसका कारण नेविसघंको नियमीत बैठकहरु समेत बस्न सकेको छैन । यिनीहरुको आधिकारिकताबारे पार्टीले समेत अहीलेसम्म  केहि जानाकारी मागेको पनि छैन ।
‘नेविसंघको बिबाद मिलाउन नसक्नु हाम्रो पनि कमजोरी हो’, ज्ञापनपत्र बुझ्दै कांग्रेस रुपन्देहीका सभापति अव्दुल रज्जाकले भने– ‘भातृसगंठनको बिबाद सगंठनको बिधानअनुसार मिलोस् भन्ने हाम्रो चाहाना हो, अब हस्तक्षेपकारी भुमीका खेलेरै भए पनि मिलाउछौँ ।’ उनले पार्टीको बिद्यार्थी बिभागसँग सल्लाह गरेर छिट्टै बिबाद मिलाउने आस्वासन दिँदै ज्ञापन पत्र बुझाउन पार्टी कार्यालय भैरहवा आएका बिद्यार्थी नेताहरुलाई दिए ।
नेवि संघ कांग्रेसको नर्सरी भएको भन्दै कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले बिबाद मिलाएर नेवि संघलाई चुस्त पार्नुपर्ने बताए । समस्या समाधानका राना र ढकाल दुबै पक्षलाई राखेर छलफल गरिने उनले बताए ।
जिल्ला समीतीमा रहेको यही बिादका कारण जिल्लाका  ४८ सामुदायीक उच्च मावी, २९ निजी र ७९ सामुदायीक मावि गरी १ सय १ माविहरुको ईकाई अबिधेशन अलमलमा छ । नेबीसघं जिल्ला कार्य समितले केही  कार्यक्रम नगरी आन्तरिक गुठबन्धीमा  मात्र केन्द्रीत रहदा नेबी सघं कमजोर बन्दै गएको भन्दै उपाध्यक्ष लोकनाथ अधिकारीले अव दुवै सभापतिलाई बरखास्त गरी नयां नेतृत्व चयन गर्नु पर्ने बताए । नया नेतृत्व चयन अहिलेकै पधाधिकारीबाट हुनु पर्ने उनको माग छ । तर उपाध्यक्ष तथा सचिव लगायतका पदाधीकारीहरु खुलेरै राना र ढकालको कार्यसैलीको बिरोधमान उत्रेपछि नेतृत्वकालागी नेविसघंमा चहलखेल सुरु भएको छ । दुवै जना (राना र ढकाल) अव अधिवेशन गराउने लगभग मनस्थीतीमा पुगेका छन् ।
उता, नेविसघं सचिव बिष्णु पोखरेल दुवै सभापतिलाई बरखास्त गरी नया नेतृत्व चयन नहुदासम्म आफुहरु आन्दोलन जारी रहने बताए । उनले एक हप्तासम्म पनि पार्टीले बिबाद नमीलाए जागरण अभियान तथा आमरण अनसन सम्मका कार्यक्रमहरु गरीने जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर