रेग्मी सरकारले मंसिरमा चुनाव गराउनेमा शंका नगर्न पौडेलको आग्रह

१८ बैशाख २०७०, बुधबार १३:५३ मा प्रकाशित

काठमाडौं, १८ वैशाख । चार दलभित्रैबाट समेत रेग्मी सरकारको विरोध हुन थालेको बेला नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारको विरोध गर्नेहरु चुनावविरोध भएको आरोप लगाएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले चुनावदेखि डराइरहेका केही राजनीतिक शक्तिले मात्र प्रधानन्यायाधीश नेतृत्वको सरकारको विरोध गरिरहेको उल्लेख गर्दै स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई चुनावी सरकारको नेतृत्व सुम्पिदा विरोध गर्नु जनमतदेखि डराउनु नै हो भन्ने धारणा राखे ।
सुरुमा नेकपा–माओवादीलगायतका राजनीतिक शक्तिहरुले नै स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार माग गरेका स्मरण गराउँदै उपसभापति पौडेलले  स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा चुनाव गर्नका लागि प्रधानन्यायाधीशलाई सरकारको जिम्मेवारी सुम्पिएको प्रस्ट्याए । उनले यही सरकारले आगामी मङ्सिरको पहिलो साताभित्र स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्नेमा आफू विश्वस्त रहेको भन्दै उपस्थित सबैलाई आस्वस्त तुल्याउन खोजे । आगामी निर्वाचनमा नेपाली काँग्रेसले कुनै पनि राजनीतिक दलहरुसँग कार्यगत एकता नगर्ने जानकारी पनि पौडेलले दिए ।
यस्ेबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दल दर्ता प्रक्रिया सुरु भएपछि चुनावको माहौल बन्दै गएको बताएका छन् । मे दिवसको अवसरमा बुधबार बिहान विराटनगर पुगेका नेता नेपालले मुलुकमा विस्तारै चुनावी माहौल बन्दै गएको उल्लेख गर्दै नेकपा(माओवादीलाई पनि उनीहरुका मागहरु सम्बोधन गरेर निर्वाचनमा सहभागी गराउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा