जेपीसँग जोडेर खुमबहादुरमाथि षड्यन्त्र !

१८ बैशाख २०७०, बुधबार ०७:५९ मा प्रकाशित

काठमाडौं, १८ वैशाख । हालै जेलबाट रिहा भएका जयप्रकाश गुप्ताको राजनीतिक अभियानसँगै खुमबहादुर खड्काको समेत नाम जोडेर प्रचार सुरु गरिएको छ । चर्चित राजनीतिकर्मी जयप्रकाश गुप्ताले तराईका जिल्लामा जागरण अभियान सुरु गरेपछि गुप्ताविरुद्धको षड्यन्त्रमा सरिक भएकाहरू सशङ्कित हुन पुगेका छन् । भ्रष्टाचारको आरोपमा जेल सजाय भएपछि जयप्रकाश गुप्ताको राजनीति सकिने विश्वासमा रहेका उनीहरू तराई भ्रमणका क्रममा गुप्ताको वरिपरि लागेको भीड देखेर त्रसित भएका छन् । सामान्य ठानिएका गुप्ताका पक्षमा त यति ठूलो जनआकर्षण छ भने काङ्गे्रस नेता खुमबहादुर खड्काको रिहाइपछि उनले झन् कति हलचल ल्याउने हुन् भनी षड्यन्त्रमा सामेल भएकाहरू चिन्तित बनेका छन् । ज्ञातव्य छ, खड्का र गुप्ता दुवै प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पु¥याउन समर्थ नेता हुन् ।
खुमबहादुर खड्का बीपी कोइरालाका प्रियपात्र मानिन्थे र उनले आफ्नो जीवनकालमा अनेकौँ जोखिम तथा उतार–चढावको सामना पनि गरिसकेका छन् । कार्यमुखी (एक्सन ओरिएन्टेड) नेताको परिचय बनाएका खड्का र जयप्रकाश पहिले पनि मित्र थिए, भ्रष्टाचारको आरोप पनि सँगै लाग्यो र काराबासमा पनि सँगै बसे । दुवै नेताले आफूहरू वर्तमान सरकारप्रमुख खिलराज रेग्मीको चरम पूर्वाग्रह तथा अन्य केही व्यक्तिको षड्यन्त्रको सिकार भएको महसुस गरेका छन् । रेग्मीले आफू प्रधानन्यायाधीशको भूमिकामा रहँदा प्रमाण नपुगेको भए पनि खड्का र गुप्तालाई जेल सजाय तोक्नका लागि मुद्दा हेर्ने न्यायाधीशहरूलाई बारम्बार दबाब दिएको जानकारी दुवै नेताले पाएका छन् ।
खड्का र गुप्ताबीचका घटना र भोग्नुपरेको नियति तथा पीडामा समानता भए पनि दुईको राजनीतिक साधन भने फरक हुन पुगेको छ । गुप्ता तराईकेन्द्रित राजनीतिमा रमेका छन्, खड्का कुनै एक क्षेत्रविशेषमा केन्द्रित हुन चाहँदैनन् । गुप्ता नयाँ राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा जुटेका छन्, खड्का नेपाली काङ्गे्रसलाई नै सशक्त र प्रभावकारी राष्ट्रिय राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्छ भन्ने पक्षमा रहेका छन् । कारागारमुक्त भएपछि सबल, सक्षम र सशक्त काङ्गे्रस निर्माणका निम्ति देशव्यापी दौडाहामा जाने योजनामा खुमबहादुर खड्का छन्, जेपी गुप्ता तत्काल छुट्टै दल गठन गर्ने तयारीमा छन् । वास्तविकता यसप्रकारको भए पनि सुरक्षा सूत्रको हवाला दिँदै एक दैनिक पत्रिकाले खुमबहादुर खड्का र जेपी गुप्ताका विरुद्ध माहौल बनाउने प्रयत्न गर्नुले खड्का र गुप्ताविरुद्धका षड्यन्त्रकारीहरू आतङ्कित एवम् सशङ्कित भएको सङ्केत दिएको छ । यस सम्बन्धमा काराबासमा रहेका नेता खुमबहादुर खड्काको ध्यानाकर्षण गर्दा उनले भने, ‘क–कसले के–के लेख्दै हिँड्छन्, त्यो मेरो चासो र चिन्ताको विषय होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन समर्पण गरेको सामान्य व्यक्ति हुँ, काङ्गे्रस मेरो घर हो । बाहिर आएपछि पनि काङ्गे्रसलाई नै बलवान बनाउने अभियानमा लागिन्छ ।’ जयप्रकाश गुप्ताले तराईमा चलाएको अभियानबारे जिज्ञाशा राख्दा खड्काको भनाइ थियो, ‘जयप्रकाशजी एक खाँटी प्रजातन्त्रवादी हुन्, उनीमाथि पनि मलाईजस्तै षड्यन्त्र भएको हो । आफ्नो राजनीतिक जीवन पनि मैलेजस्तै सङ्घर्षबाट नै सुरु गरेका जेपी एक क्रियाशील व्यक्ति हुन् । झुटा आरोपमा जेल हाल्ने सफलता कसैलाई प्राप्त भयो भन्दैमा जेपीजी राजनीतिबाट पलायन हुने कुरै भएन । उनको क्रियाशीलतालाई मैले स्वाभाविक रूपमा लिएको छु । जेपीको क्रियाशीलतासँग मलाई जोड्ने र जोडेर प्रचार गर्ने काम किन भएको हो त्यसको रहस्य पनि खुल्दै जाने विश्वास मैले गरेको छु । तर, आफूलाई जिम्मेवार दाबी गर्ने पत्रिकाले यस्तो गैरजिम्मेवार सामग्री म जेलमा बसेको मान्छेलाई एक वचन नसोधी किन प्रकाशन गरेको हो आश्चर्य लागेको छ ।’
नेता खुमबहादुर खड्काले अनुसन्धानका क्रममा कैद भोगिसकेको भए पनि उक्त कैद कट्टी गर्न सम्बन्धित निकायले आनाकानी गरिरहेको छ । पहिले भोगेको कैद कट्टी भएमा खड्का आगामी असारमा थुनामुक्त हुनेछन्, होइन भने असोजसम्म खड्काले काराबासमै बिताउन बाध्य हुनुपर्नेछ । प्रधानन्यायाधीशमा खिलराज रेग्मी कायम रहेको भए खड्काले न्याय पाउने सम्भावना कम रहेको मानिन्थ्यो । अब न्यायपालिकाले पूर्वाग्रह नराख्ने हुनाले खड्कालाई न्याय मिल्ने विश्वास गरिएको छ ।
स्मरणीय छ, खुमबहादुर खड्का सदरखोर डिल्लीबजारमा छन् र उनलाई भेट गर्नका लागि हरेक दिन दुई सयको सङ्ख्यामा पार्टीका कार्यकर्ता, नेता तथा शुभचिन्तक जाने गरेको जानकारी कारागार सूत्रले दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत