भ्रष्टाचारको अभियोगबाट पूर्व प्रहरी महानिरिक्षक खरेललाई सफाई

२२ चैत्र २०६८, बुधबार १७:४६ मा प्रकाशित

काठमाडौ, २२ चैत । पदीय दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार सम्बन्धी आरोपबाट पूर्व प्रहरी महानिरिक्षक अच्यूतकृष्ण खरेललाई विशेष अदालतले सफाई दिएको छ ।
विशेष अदालतले बैध आम्दानी भन्दा उनको कुल सम्पत्तिको मुल्याङकन कम देखिएको भन्दै बुधवार सफाई दिएको हो ।
खरेलको वैध आम्दानी १ करोड ९२ लाख रुपैया रहेकोमा उनको र उनको परिवारसँग रहेको सम्पत्ति दुई लाख ६८ हजार कम अर्थात १ करोड ८९ लाख रुपैया देखिएकोले अख्तियारको दावी नठहरिने भन्दै खरेलसँगै उनी श्रीमती मीना खरेल र छोरा आयूष खरेललाई सफाई दिएको प्रवक्ता धिरबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

काठमाडौं । प्रधानमन्त्रीविरुद्ध प्रदेशसभा बैठकमा नै आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् । प्रदेशसभाको