सवारी अनुमतिपत्रमा मालामाल !

१८ बैशाख २०७०, बुधबार ०७:११ मा प्रकाशित

विष्णु सुब्बा, दमक (झापा), १८ वैशाख । बिर्तामोडस्थित यातायात कार्यालयले लाइसेन्स वितरण प्रक्रियामा अवैध रकम असुली गर्दै आएको रहस्य खुलेको छ । कार्यालयले लाइसेन्स वितरण प्रक्रियामा विभागीय निर्देशनहरूलाई समेत अटेर गरेर खुल्मखुला अवैध रकम असुली गरिआएको पाइएको छ । स्रोतका अनुसार यातायात विभागको पछिल्लो परिपत्रमा स्पोट नतिजा दिनुपर्ने भनिए पनि विभिन्न दलालमार्पmत आएका सर्वसाधारणलाई मोटो रकम असुली गरी लाइसेन्स बाँडिरहेको बुझिएको छ । ‘यातायातमा ठूलो भ्रष्टाचारको दलदल छ,’ लाइसेन्सका लागि कार्यालयमा भेटिएका महाभारा–४ का कृष्णचन्द्र लिम्बूले भने, ‘पैसा नखुवाई लाइसेन्स पाउन गाह्रो हुन्छ ।’
केही महिनाअघि लाइसेन्स वितरण प्रक्रियामा कडाइ गर्न माथिल्लो निकायबाट परिपत्र आएपछि त्यस्ता अवैध कार्य केही रोकिए पनि अहिले पुनः सल्बलाएको पाइएको छ । स्रोतका अनुसार कार्यालय प्रमुख, प्रशासन, ट्राफिकको मिलेमतोमा जिल्लाभरि फैलिएका ड्राइभिङ सेन्टर, विभिन्न दलालले सङ्कलन गरी मोटो रकमको चलखेल हुने गरेको छ । ‘लाइसेन्स हेर्ने जिम्मा पाएको कार्यालयमा खुल्लमखुला पैसा लेनदेन हुँदासमेत सरकारी निकाय बेखबर बन्दै आएको छ ।
लेनदेन कसरी हुन्छ ?
चालक अनुमति प्रमाणपत्र जारी गर्ने निकायले अन्यत्र कडा छ । त्यही कडा व्यवस्थाले पूर्वका लाइसेन्स निकाल्नेहरू अञ्चल यातायात भरपर्दो र सुरक्षित ठानिने गरिन्छ । अन्यत्र यातायात कार्यालयमा सीसी क्यामेराजडित गरी चालक अनुमतिका लागि स्पोट–नतिजा दिने गर्छ । तर, अहिलेसम्म न त सीसीजडित छ न त ‘स्पोट’ रिजल्ट नै लागू गरेका छन् । सर्वसाधारण भन्छन्, ‘सोझै लाइसेन्स लिनका लागि तयारी गरिए सजिलै पाउन गाह्रो हुन्छ ।’ लाइसेन्सका लागि आवश्यक फर्म, दस्तुरसमेत लिई आएका त्यस्ता ड्राइभिङ सेन्टरले सोझै यातायातमा सबै जिम्मा लिने बन्दोबस्ती लिने गरिआएका हुन्छन् । त्यस्ता ड्राइभिङ सेन्टर र दलालहरूले मासिक चार हजारभन्दा बढीको आवेदन बुझेका हुन्छन् । ‘सोझै कार्यालयमा गएर फर्म बुझाउने सङ्ख्या अत्यन्त न्यून छ,’ फर्म बिक्री गर्ने जिम्मा पाएको एक कर्मचारीले भने, ‘सबै फर्म, टिकट ड्राइभिङ सेन्टर, दलालहरूले बोकेका हुन्छन् ।’
स्रोतले भन्छ, ‘यातायातले महिनामा दुई चरणमा निकाल्ने चालक अनुमतिको परीक्षामा करिब चार हजारको हाराहारीमा अनुमतिपत्र बाँडिरहेको छ ।’ त्यस्ता ड्राइभिङ र दलालमार्पmत आएका लाइसेन्स चाहनेले अहिले ह्वात्तै कडाइ भएको छ भन्दै रकमसमेत बढाएका छन् । मोटरसाइकलहरूका लागि चार हजार, हलुका ट्याक्सी, जिपका लागि आठ हजार र ठूला सवारी चालक अनुमतिमा १५ हजार रुपैयाँसम्म असुल गरिआएको स्रोतको दाबी छ । तर, कार्यालयले जारी गर्ने मोटथरसाइकलमा सात सय, जिप, ट्याक्सीमा एक हजार र हेभी सवारीको अनुमतिमा १५ सय सरकारी दस्तुर लाग्ने नियम छ ।
रकम प्रशासनसम्म
यातायातले उठाउँदै आएको गलत धन्दाको संरक्षण गरेबापत जिल्ला प्रशासकदेखि पत्रकारहरूसमेतले मासिक रुपैयाँ बुझिआएका पाइएको छ । सबै क्षेत्रलाई सन्तुलनमा ल्याउन पनि कार्यालयले बाँडीचुँडी रकमलाई भागबण्डा गरिआएको छ । ‘नत्र यत्रो खुल्लमखुला गलत कार्यको गुनासो आए पनि किन सुधार हुन सक्दैन ?’ स्रोतको दाबी छ । यातायातमा कार्यालयप्रमुख रहेका मोहन कोइराला भने कार्यालयभित्र नाजायात काम नभएको दाबी गर्छन् । ‘लाइसेन्स वितरणलाई विभागको नियमानुसार गरिआएका छौँ,’ प्रमुख कोइरालाले भने, ‘कार्यालयभित्र कसैले अवैध रकम लिएको पाइए कडा कारबाही हुन्छ,’ उनले कार्यालयमा बाहिर हल्ला चलेजस्तो भ्रष्टाचार नभएको दाबी गरे । ‘हामीले यस कार्यालयलाई भ्रष्टाचारमुक्त क्षेत्रको रूपमा स्थापित गर्न अभियान थालेका छौँ ।’
स्रोतका अनुसार लाइसेन्स फाँटमा रहेका शाखा अधिकृत अनोज घिमिरेमार्पmत लाइसेन्सको चलखेल हुने गरेको छ । घिमिरेले जिम्मा पाएको सो शाखामा मासिक ५०, ६० लाखभन्दा बढी अवैध रकम जम्मा हुने गरेको स्रोतको दाबी छ । त्यो रकम नै जिल्लाका प्रहरी, प्रशासन, राजनीतिक दल, पत्रकारहरूले मासिक रूपमा लिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय