संघीयता विनाको संविधान जलाउँछौः फोरम

२२ चैत्र २०६८, बुधबार १७:४६ मा प्रकाशित

काठमाडौ, २२ चैत । मधेशी जनअधिकार फोरम नेपालले संघीयता विनाको संविधान जारीगर्ने षडयन्त्र भइरहेको आरोप लगाउदै संघीयता विनाको संविधान जलाउने चेतावनी दिएको छ । संघीयता बिनाको संविधान वा पहिचान विनाको संघीयता लाद्ने कोशिष भइरहेको भन्दै फोरमले त्यस्तो अबस्थामा जेठ १४ पछि आन्दोलनमा जाने बताएको हो । आगामी २४ देखी २६ सम्म जनकपुरमा हुने सम्मेलनबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान नबनाउने षडयन्त्रमा दलहरु लागेको आरोप लगाउनु भएको हो । फोरमले जेठ १४ मा संविधान नबने देशमा भ्याकुम सृजना हुने भन्दै बाँकी समयको सदुपयोग गर्न प्रमुख दलहरुसँग आग्रह गरेको छ । फोरम अध्यक्ष यादवले देशको सर्वोत्तम हितका लागि एक मधेश एक प्रदेको सम्बन्धमा छलफल गर्न तयार रहेको बताउनुभयो । फोरमले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा र भावी रणनीति तय गर्न राष्टिय सम्मेलन गर्न लागेको जनाएको छ । सम्मेलनमा देशभरका एक हजार कार्यकर्ता सहभागि हुने फोरम महासचिव रामसहाय प्रसाद यादवले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड–