३३ दलले निर्वाचन आयोगमा दल दर्ता नगर्ने, उल्टै दर्ता प्रक्रिया रोक्न माग

१८ बैशाख २०७०, बुधबार ०६:१० मा प्रकाशित

काठमाडौ, १८ वैशाख । निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको पहिलो दिन कांग्रस, एमाले, एमाओवादी, तमलोपा, राप्रपालगायत दश दलले पार्टी दर्ताको आवेदन गरे पनि निर्वाचनको विपक्षमा उभिएका नेकपा माओवादीलगायत मोर्चामा आवद्ध ३३ दलले यथास्थितिमा निर्वाचन आयोगमा दल दर्ता नगर्ने निर्णय गरेका छन् । मंगलबार माओवादी मुख्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले गत चैत १ गतेको २५ बुँदे प्रतिगामी र असंवैधानिक आदेश बदर नहुँदासम्म मोर्चामा संलग्न कुनै पनि दलले दल दर्ता नगर्ने निर्णय लिएको हो । उनीहरुले उल्टै आयोगले दल दर्ता प्रक्रिया नै रोक्नुपर्ने माग गरेको छ । दल दर्ता कार्यक्रम नरोकिए यसको बेग्लै किसिमले विरोध गरिने माओवादी सचिव देव गुरुङले विज्ञप्तिमार्फत् जनाएका छन् ।
३३ दलका तर्फबाट गुरुङद्वारा जारी विज्ञप्तिमा यही वैशाख २५ देखि आगामी जेठ १४ गतेसम्म मेची(महाकाली राष्ट्रिय स्वाधीनता अभियान सञ्चालन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
स्मरण रहोस्,  विसं २०६४ मा भएको संविधानसभाको पहिलो  निर्वाचनमा संविधानसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या ३३ रहेको छ भने निर्वाचनमा ५४ दलले भाग लिएका थिए । ती  ३३ दलबाहेक अन्य दलले आगामी संविधानसभाको निर्वाचनमा भाग लिन दल दर्ताका लागि निवेदनसाथ कम्तीमा १० हजार मतदाताको समर्थनसहितको हस्ताक्षर पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट