हङ्कङमा साहित्य शृङ्खलाको “वार्षिक उत्सव सौगात” सम्पन्न

१८ बैशाख २०७०, बुधबार ०१:२३ मा प्रकाशित

वल्लव रोक्का, हङ्कङ । स्थानीय जोर्डनको कङ्गन रेष्टुरेण्टमा हङकङमा वस्ने नेपालीहरूको साझा साहित्य शृङ्खला बार्हौंको “वार्षिक उत्सव सौगात” सम्पन्न भएको छ । गत साल देखिनै चलिरहेको धारावाहिक शृङ्खलाको संयोजक चन्द्र मादेन “आन्छन्” को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी गेटवे ओभरसिज डोमेस्टिक ईम्प्लोईमेण्ट लिमिटेडका प्रोपाईटर एवं नेपाली महासंघका वरिष्ट सल्लाहकार हेम तवेबुङ् र विशेष अतिथिमा नेपाली आर्ट्स एण्ड कल्चरका अध्यक्ष नन्द चङ्सु हुनुहुन्थ्यो ।

सो कार्यक्रममा बरिष्ठ संगीतकार दिनेश सुव्वा,हङकङ सरकारवाट विभुषित तक्मा प्राप्त गरेका कुल प्रसाद गुरूङ र विभिन्न संघसस्थाका प्रतिनिधिहरूलाई आतिथ्य आसन ग्रहण गराईए पश्चात प्रमुख अतिथि, विशेष अतिथि र सभापति त्रयद्वारा रिवन काटी कार्यक्रमको उद्घाटन गरिएको थियो भने कवि त्रिभुवन लुङ्फुङ्वाद्वारा स्वागत मन्तव्य दिईएको थियो ।

“नेपाली वाङ्मयको संम्रक्षण र संम्वर्दवन गरौं” भन्ने राष्टियताको आवाज उल्लेख गरिएको वेनरमा प्रमुख अतिथि तवेबुङ, विशेष अतिथि चङ्सु र नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक साम्बाहाम्फेद्वारा शुभकामना दिईएको कार्य क्रममा वाल कलाकारहरू निङ्वा शक्ति मादेनद्वारा स्व।नारायण गोपालका “मलाई नसोध, कहाँ दुख्छ घाऊ”मा भाईलोनको सूमधुर धून र भैरवी सिहँद्वारा लोक नृत्य प्रस्तुत गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रममा कविहरू चन्द्र मादेन “आन्छन्”, डीवी पालुङ्वा,हेम थापा, त्रिभुवन लुङ्फुङ्वा, आशिष साम्पाङ् महेश, टोप ब याक्खा, वल्लव रोक्का, विष्णु ईङ्नाम, राज तामाङ् र कवयित्रीहरू पूर्णिमा शाह, गीता पालुङ्वा र शान्ति पङ्धाकद्वारा जीवन जगत, देश प्रेम, शृङ्गार रसका कविता, गीत, गजल र मुक्तकहरू वाचन गरिएको थियो । उक्त साहित्यिक कार्यको प्राध्यापक एवं कवि दाजू गुरूङद्वारा समिक्षात्मक टिप्पोणी गरिएको थियो ।

अन्त्यमा, कार्यक्रम विसर्जन गर्नु अघि सभापति आन्छन्ले अहिलेसम्म आफूले साहित्य शृङ्खलाको संयोजक निरन्तर धारावाहिक गरिआएकोमा अर्कोपल्ट (तेर्हौं शृङ्खला) देखि नव संयोजक कवि टोप ब याक्खालाई घोषणा गर्नुभएको थियो र उपस्थित सवैलाई धन्यवादका साथ जलपान नास्ता ग्रहण गर्न आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन कवयित्री पूर्णिमा शाहद्वारा गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो