बाल्टिमोरमा बानाको नयाँ वर्ष सांस्कृतिक कार्यक्रम

१८ बैशाख २०७०, बुधबार ०१:२१ मा प्रकाशित

विष्णु शर्मा, बाल्टिमोर । “बनेको छ पहराले यो छाति मेरो, म कहिल्यै नझुक्ने नेपालको छोरो, छोरी”
बोलको कालजयी राष्ट्यि गीत वरिष्ठ गायिका मीरा राणाले ४५ वर्ष पछि गाइरहादा स्रोताका आाखामात्र रसाएनन् मीरा आफै पनि पहिलो दुई हरफ गाएपछि आसु पुछिन् । स्रोता एवं सहभागीहरु पनि नेपाली हुनुको गर्व गर्न कतिले हुटिंग गरे । कति त सिटवाट जुरुक्क उठे । हालै अमेरिका आउनु भएकी वरिष्ट गायिका राणाले बाल्टिमोरा एसोसियसन अफ नेपालिज इन अमेरिका वानाले अप्रिल २८ मा आयोजना गरेको नेपाली नयाँ वर्ष २०७० को अवसरमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रममा सो राष्ट्यि गीत प्रस्तुत गर्नु भएको हो । नेपाल र अमेरिका दुवै देशका राष्ट्यि गीत गाएर शुरु गरिएको सो कार्यक्रममा गायिका राणाले . आमालाई नभन है पैतलाको धुलो … वाडूली लाग्यो मलाई कसैले मलाई सम्झ्यो कि ? वोलका गीत प्रस्तुत गर्दा स्रोताको मन थामिएन र नाच्न शुरु गरे । नेपालवाहिर रहादा नेपालप्रतिको अगाध माया र सम्मानको बोध राष्ट्यि गीत गाइरहादा स्रोतामा देखिएको भावुकताले पनि सजिलै महसुस गर्न सकिन्थ्यो । कार्यक्रमममा गायक एवं कलाकारहरु रतन सुवेदी संजीव प्रधान, भगवान भण्डारी, पवित्रा सुनार श्याम गुरुंग, रेनुका सिग्देल, सरिस्मा अमात्य, दीपा गुरुंगले आधुनिक, लोक गीत गाएर दर्शकलाई नचाउन सफल भएका थिए । कार्यक्रममा गीतसागसागै लोक भाषाका गीतमा नृत्य प्रस्तुत गरिएको थियो भने रियानले प्रस्तुत गरेको क्लासिकल नृत्य आकर्षक थियो । गीत र नृत्य प्रस्तुतीमा विशेष केन्द्रित गरिएको कार्यक्रममा संसारमा सबैभन्दा लामो टिभी कार्यक्रम प्रस्तुत गरी गिनीज बुक अफ वल्र्ड रेर्कड राख्न सफल संचारकर्मी रबी लामिछानेलाई बाल्टिमोरा एसोसियसन अफ नेपालिज इन अमेरिका –वाना) का अध्यक्ष एवं नेपाली राजुदाताका तर्फबाट उप नियोग प्रमुख अर्जुनकान्त मैनाली एवं वानाका पूर्व अध्यक्षले संयुक्त रुपमा सम्मान गर्देै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । सम्मान गर्नका लागि नेवारी वाजा बजाइ पन्चकन्याबाट गुलावका फूलहरु दिइएको थियो । सम्मानपछि संचारकर्मी लामिछानेले सबैभन्दा लामो टेलिभिजन कार्यक्रम गरी कीर्तिमान राख्न सहयोग पुऱ्याउनेहरु सबैका प्रति आभार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा वानाका अध्यक्ष विजय श्रेष्ठले नयाँ वर्षको शुभकामना दिनुहुदै भन्नुभयो: देशभित्र र वाहिर रहेका सबै नेपालीहरुले आफ्ना हक र अधिकारहरु प्राप्त गर्दा कर्तव्य नविर्सन हुदैन । अध्यक्ष श्रेष्ठले वाना अमेरिकामा वसोवास गर्ने नेपालीको साझा संस्था भएकाले सबै पक्षलाई सहकार्य गर्न अपिल पनि गर्नु भएको थियो । कार्यक्रममा वाल्टिमोरमा वसोवास गर्ने करिब चार सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको