राष्ट्रपतिको गृहजिल्लाको एउटा शर्मनाक दृश्य :: रमेश ग्रहण सिलवाल

१७ बैशाख २०७०, मंगलवार २२:५४ मा प्रकाशित

हाम्रो मुलुक नेपालमा सदियौँदेखि ‘जसको शक्ति उसको भक्ति’ भन्ने उक्ति चरितार्थ हुँदै आएको छ । भन्न त मानिसहरू यहाँ लोकतन्त्र छ भन्छन् । यहाँ सामाजिक सद्भावका कुरा गरिन्छ, सामाजिक न्यायका कुरा गरिन्छ, सहिष्णुता र सहअस्तित्वका चर्चा चल्छन्, मेलमिलाप र एकताका गुड्डी हाँकिन्छन्, सहयोग र समर्थनका गफ गरिन्छन् तर लाग्छ यी सबै गफमा मात्र सीमित छन् अर्थात् व्यवहारमा ठीक उल्टो छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा व्यक्तिगत आग्रह र पूर्वाग्रह हावी छ । सम्पत्तिमाथिको सुरक्षा र अधिकार फगत नारामा अल्मलिएको प्रतीत हुन्छ । सक्नेहरूले खोलाको बगर धितो राखेर करोडौँ ऋण निकाल्छन् र बैंकहरू डुबाउँछन् । च्यानल मिलाउन जान्नेहरू यहाँ अनेक गर्दछन् अवैधानिक रूपमा तर सर्वसाधारण नेपाली जनता भने चौतर्फी तिकडमबाजीका सिकार बन्छन् । जताततै भ्रष्टाचार, सौदाबाजी र षड्यन्त्र–खडयन्त्रहरू व्याप्त भएकाले अब यो मुलुकमा आफ्नै सम्पत्तिमाथि नियन्त्रण कायम गर्न पनि मुस्किल हुने अवस्थाको सूत्रपात भएको छ । यसै सन्दर्भमा हाम्रो आफ्नै एउटा उदाहरण पेस गर्नु सम्भवतः जायज हुनेछ ।

०२३÷०२४ सालताका पिताजी स्वार्गीय युवानन्द सिलवाल जनकपुरस्थित धनुषा जिल्लाको सरकारी वकिल पदमा कार्यरत हुुनुहुन्थ्यो । तत्कालीन जिल्ला पञ्चायत सभापति ‘शेरे धनुषा’ अर्थात् हेमबहादुर मल्ल व्यक्तिहत्याको आरोपमा पक्राउ परे र पिताजीकै रोहवरमा बयान र मुचुल्दा तयार हुँदा मल्ल दोषी ठहरिए र जेल पर्ने भए । उनलाई बचाउन तत्कालीन पञ्चायती व्यवस्थाका शक्तिशाली प्रधानमन्त्री सूर्यबहादुर थापा स्वयम् धनुषा नै आइपुगे र बयान उल्टाउन अथवा बदल्न पिताजीलाई दबाब दिए । हत्या आरोप पुष्टि भइसकेको अवस्थामा पिताजीले प्रधानमन्त्रीको दबाबलाई अस्वीकार गर्नुभयो । त्यसपश्चात् धम्कीलगायत सयौँ बिघा जमिन तराईमा दिने प्रलोभन दिइयो तर पनि पिताजीले आफ्नो अडान छोड्नुभएन । अन्ततः मल्ल जेल परे र धेरै समय धनुषामा पिताजीलाई बस्न दिइएन, सरुवा भयो । जागिरको सिलसिलामा जहाँ पुगियो त्यहाँ एक टुक्रा जमिन किन्ने उहाँको आदत थियो । सोहीअनुरूप उहाँले धनुषामा पनि श्रीमती लक्ष्मीदेवी सिलवाल (हाल लक्ष्मी सिलवाल) को नाममा वडा नं. १ वकिल महल्लामा एक कठ्ठा तेह्र धुरको एउटा प्लट किन्नुभयो जो जानकी मन्दिरस्थित जानकी गुठीअन्तर्गत पर्दछ ।
हाल कित्ता नं. १४२ रहेको सो जमिनको तिरो हामीले हाल लगभग ४५ वर्ष पुग्न लाग्दा पनि निरन्तर तिर्दै आएका छौँ । समस्या के हो भने ०४५ सालतिर नापी हुँदा मूलबाटोबाट एक कित्ताभित्र रहेको सो जमिनमा नापी विभागले बाटो राखिदिएन । वरिपरिका सँधियारहरूको उक्साहटमा त्यस्तो काम भएको रहस्य पछि खुल्यो । समयमा उपस्थित हुन नसक्नु हाम्रो कमजोरी भए तापनि नापीले जानीजानी कसैको जमिनमा बाटो कायम नगरिदिनु लापरबाहीको पराकाष्टा हो । नापी हुँदा वास्तवमा सो जमिनमा पनि मुख्य सँधियार स्थानीय विद्युत् प्राधिकरणमा कार्यरत पुरुषोत्तम उपाध्यायले आफ्नै नाममा पारिसकेका थिए । पछि थाहा पाएर सो जमिन लक्ष्मी सिलवालकै नाममा फिर्ता गराइयो, तर बाटो भने पाइएन ।
समुद्रले नछोएका कारण जस्तो ब्ल्याकमेलिङ नेपालले छिमेकी मुलुकबाट बेहोर्नु परिरहेको छ, हो त्यस्तै नियति आज बाटो नहुनाले वकिल महल्लाका छिमेकी संधियारहरूबाट हामीले भोग्नु परिरहेको छ । तीन÷चार थरी सँधियारलाई बाटोका लागि आग्रह गर्दा उनीहरूले नचाहिँदा सर्तहरू राख्ने गरेका छन् । कोही काठमाडौंमा चार आना जग्गा दिनोस् बाटो दिन्छौँ भन्छन्, कोही यो तपाईंको जमिन नै होइन भन्छन्, कोही टिल्ल रक्सी खुवाएर सस्तोमै जग्गा खिच्नुपर्छ भन्दै छन् । मधेसीको बाहुल्य रहेको सो क्षेत्रमा पहाडियाको जमिन मिचेर खानुपर्छ भन्दै सङ्गठित भएर वरिपरिबाट जग्गा मिच्दैमिच्दै आइरहेका छन् । जनकपुर, धनुषा जिल्लाको सहरी क्षेत्र भएकाले त्यो जमिन किन्न चाहनेहरू थुप्रै छन् । बाटोको अभाव देखाएर सस्तोमा किन्न चाहनेहरू धेरै छन् । वरिपरि अरू खाली जमिन खासै नरहेको र त्यो हाम्रो खाली जमिनमा बाटो नभएकाले यहाँका बासिन्दा र भू–माफियाका लागि त्यो जमिन कुकुरलाई हड्डीजस्तै भएको छ । यही मौका छोपेर एकजना व्यक्तिले सो जमिन मेरो गराइपाऊँ भनी गुठी र मालपोतमा उजुरी पनि हालेको छ । यसरी विगत ४५ वर्षदेखि तिरो तिरी आएको हाम्रो जमिनमा मधेसी भनिनेहरूबाटै धावा बोलिएको छ, असहयोग मात्र होइन जग्गा नै खाइदिने प्रपञ्च रचिँदै छ । बिनाकारण गुठी संस्थानले जनकपुरमा गुठीलाई रैतान नम्बरी बनाएर हामीले आफ्नै जमिनको भोगचलन गर्न नपाउने ?
नेपालमा बाटोबिनाका जमिन काठमाडौं उपत्यकालगायत देशैभर हजारौँको सङ्ख्यामा छन् । जोबाट बाटो लिइनुपर्ने हो उनका जायज–नाजायज मागहरू पूरा गरिदिनुपर्ने बाध्यतामा भुक्तभोगी पीडित परेका छन, परिरहेका छन् । आफ्नो व्यक्तिगत वा पैतृक सम्पत्तिको सबैलाई माया हुन्छ, त्यसबाट केही गरौँला भन्ने आशा पनि हुन्छ । तर, हामीले नै प्रत्यक्ष भोगिरहेको धनुषा वकिल महल्लाका सँधियारहरूजस्ता अमानवीय कृत्यमा रमाउने हिंस्रक मनुवाहरूलाई भने मानवताको पाठ सिकाउने यो धर्तीमा कोही भएन । फलस्वरूप ताल परे सँगै छिमेकीको रूपमा मर्दापर्दा काम लाग्ने जमातको विरुद्ध यसरी तीतो पोख्नु परिरहेको छ जो रहर होइन पूरापूर बाध्यतासिवाय अरू केही होइन ।
बाटोकै व्यवस्थापन गर्ने सिलसिलामा स्थानीय नगरपालिकाले केही गर्न सक्छ कि भनेर एकपटक जनकपुर नगरपालिकामा सोधपुछ गर्न गइयो । त्यहाँका कर्मचारीले भने, ‘तपार्इंको बाटोको काम हुन्छ तर मन्त्रीको सोर्सफोर्स चाहिन्छ ।’ मन्त्री–सन्त्री कोही चिनेको छैन, लौ त नि भनेर काठमाडौं फर्केर साथीभाइमार्फत आफ्नै गाउँका तत्कालीन बहालवाला महिला, बालबालिका तथा समाज कल्याणमन्त्री राजेन्द्र खरेललाई बिन्ती बिसाइयो । उनले अङ्गालो मारेर मन्त्रीको गोप्य कक्षमा छिराएर भने, ‘ओहो † तपाईं–हामी त एउटै आँगनको मान्छे, तर के गर्नु यस्तो मामिलामा बडो सतर्क हुनुपर्छ नत्र अख्तियारले समात्छ ।’ त्यसै क्षण हामीलाई ज्ञान प्राप्त भयो कि सर्वसाधारणको भलाइको लागि मन्त्री बनाउँदाले माखो पनि नमार्नेरहेछन् किनकि राम्रो काम ग¥यो, जनताको उद्धार ग¥यो भने त अख्तियारले समात्ने रहेछ ।
ठीकै छ, बाटो राख्ने मामिलामा नापीले घात ग¥यो हामीलाई के भन्नु छ र † तर कमसेकम सँधियारहरूले बाटोका लागि जति जमिन दिनुपर्छ त्यसको दोब्बर काटेर लिनुभन्दा नमान्नुपर्ने के छ ? पहाडिया आएर आफ्नो समाजमा बस्ला भन्ने पिर छ भने मधेसीलाई नै बेचेर हिँडौँला तर कम्तीमा पनि घाटा नपर्ने गरी बाटो दिँदा के बिग्रन्छ ? हुन त सम्झाएर, बुझाएर लाग्ने भइदिएको भए यतिका वर्षसम्म अन्योलमा बस्नुपर्ने थिएन । अनेकथरी बकवास सुन्नुपर्ने थिएन । धनुषावासी सोझा हुन्छन्, त्यो जानकीको जन्मस्थल हो, त्यहाँ सत्य छ भन्थे तर भोगाइले बताउँछ यो सबै फजुल कुरा रहेछ ।
केही समयअघिसम्म जनकपुरलाई पवित्र भूमिको रूपमा चिनिन्थ्यो । कसैको पर्स वा गरगहना बाटोमा खसेको छ भने कसैले पनि चलाउन्नथ्यो भनिन्थ्यो । आजको दिनमा सबैभन्दा अमानवीय हर्कत हुने ठाउँको सूचीमा जनकपुरको धनुषा जिल्ला पर्न थालेको छ । मधेसी र पहाडियाको भावनात्मक द्वन्द्वका कारण थुपै्र पहाडिया चुत्थो मोलमा आफ्नो घरघडेरी बेचेर हिँडिसकेका छन् । हतियारधारीहरूको सङ्गठित अपराध दिनानुदिन मौलाउँदो छ । सहयोगी भावना र सहअस्तित्वमा ग्रहण लागेको छ । धनुषावासी सबै खतरा छन् भन्ने हाम्रो बुझाइ होइन तर त्यही जिल्लामा एक टुक्रा जमिन हुनु पनि त एउटा नाता त हो नि †
नेपालमा गणतन्त्र आयो भनिन्छ । तर यो गणतन्त्र हो कि भएको सम्पत्ति पनि ‘गयोतन्त्र’ हो यसै भन्न सकिन्न । विषयको सरोकार राख्ने धनुषा जिल्लाकै बासिन्दा डा. रामवरण यादव नेपालका प्रथम राष्ट्रपति हुन् । उनकै जिल्लाको एक क्षेत्रमा हामी बाटोबिनाको जमिनका मालिक भएका छौँ । उनका जिल्लावासीले हामीलाई असहयोग गरिरहेका छन्, दुःख दिइरहेका छन्, जग्गा मिचेर खाइरहेका छन् । आफूलाई नेपाली जनताको अभिभावक ठान्ने, हिमाल, पहाड, तराई कोही छैन पराइ भन्ने नाराका प्रखर अनुयायी राष्ट्रपति यादवले वकिल महल्लाको यो तमासा, यो शर्मनाक दृश्यलाई कुन रूपले हेर्ने हुन् ? यो एउटा प्रतीकात्मक दृश्य मात्र हो । यस्ता उदाहरण देशैभर अनगिन्ती छन् । सरकारले, भूमिसुधार मन्त्रालयले यस्ता समस्यालाई सम्बोधन गर्न स्पष्ट र भरपर्दो नीति–नियम कुन राजाको पालामा बनाउने हो ?
स्थानीय स्रोतका अनुसार अहिले धनुषा, वडा नं. १ वकिल महल्लामा धुरको चार लाख रकम पर्ने गरेको छ । तद्नुसार एक कठ्ठा तेह्र धुर भनेको ३३ धुर हो । जानकी गुठीलाई उक्त जमिनको तिरो मात्र बुझाएको हिसाब गर्ने हो भने पनि हामीले लाखौँ बुझाइसकेका छौँ, बुझाउँदैछौँ । तर, स्थानीय बासिन्दाको र छिमकी सँधियारहरूको गिद्देदृष्टिका कारण असहयोग र जातीय, क्षेत्रीय पूर्वाग्रहका कारण बाटोबिनाको सो जमिन कौडीको भाउमा कसैलाई जिम्मा लगाउने अवस्था आइपरेको छ । यी सबै परिस्थितिले हामीलाई दुःखी र निराश बनाएको छ । केही लालची र दुष्ट प्रवृत्तिका अनुवाका कारण आफ्नो अमूल्य जमिन नै गुमाउनुपर्ने हो कि भन्ने सन्देह पैदा भएको छ ।
सम्पूर्ण नेपालीको अभिभावकको स्थानमा रहेको धनुषावासी राष्ट्रपति र बासिन्दाहरू आफैँमा गौरवशाली इतिहासका साक्षी हुनुपर्ने, गर्वित हुनुपर्ने, सबै जातजाति, भाषाभाषीका नेपालीसँग सामीप्यता राख्न सक्षम हुनुपर्ने, उदार भावना र मानवताका प्रतीकका रूपमा प्रस्तुत हुन सक्नुपर्ने तर यो के देख्न सुन्नु परिरहेको छ ? राष्ट्रका प्रमुखको गृहजिल्लामै हाम्रो सम्पत्तिको सुरक्षा हुँदैन, सहयोग हुँदैन भने अब लाग्छ जाबो एउटा बाटोको समस्या त हो नि तर यसको पछाडि नेपालको राज्य सत्ता, प्रणाली, सामाजिक वस्तुस्थिति, जनजीविका, नियम, कानुन, अधिकार आदि सारा पक्षको प्रतिबिम्ब निहित रहेको छ ।
दुई नम्बरी काम गर्न नजान्ने र आफ्नै सञ्चित धनबाट जीवनमा केही गरौँ, सबैको कल्याण होस्, प्रगति होस् भनेर सोच्ने हामीजस्ता साधारण जनताका यस्ता समस्यामा सरोकारवालाहरूको ध्यान पुगोस्, ध्यानाकर्षण होस् । आइन्दा बाटोको समस्याका कारणले यो मुलुकमा कुनै बासिन्दाले दुःख, कष्ट खेप्नु नपरोस् । यस्ता विषयमा सरकारले अर्थात् स्थानीय प्रशासनले जवाफदेहिता लेओस् स्पष्ट नीति, नियम, कानुन शीघ्र निर्माण गरोस्, सार्वजनिक गरोस् । जनकपुरमा गुठी संस्थानअन्तर्गतका काम कारोबारहरू तुरुन्त सुचारु गरोस् । गैरकानुनी कार्य गरिरहेका भूमाफियाहरूलाई पहिचान गरी कारबाही गरोस् । आज हामीलाई परेको कठिनाइ भोलि आफैँलाई पर्न सक्छ, त्यसकारण एकजना इमानदार पूर्वकर्मचारीले जोडेको जनकपुरस्थित धनुषा जिल्ला वकिल महल्लाको हाम्रो जमिनमा देखिएको बाटोको समस्या तत्काल हल गर्ने सद्बुद्धि सरोकारवाला सबैलाई प्राप्त होस् । तराईको भूमिमा सबै भूभागका जनताको सम्मान गर्ने प्रक्रिया यहीँबाट सुरु होस् । मधेसीहरू असहयोगी, लालची र कपटी हुन्छन्, खालि आफ्नो स्वार्थ हेर्छन् भन्ने आरोपबाट मुक्ति मिलोस्, ‘अपने इलोकेमें कुत्ता भी शेर होला है’ भन्ने भनाइ गलत सावित होस् । नउठाउनुपर्ने विषय घोर पीडाबोधका कारण उठाइयो, आशा गर्छौं अब फेरि यस विषयमा बेलिविस्तार लाउनुपर्ने छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण

टोकियो । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले

दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राख्नुभएको छ । सो धोकोलाई साकार पार्न

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी