दम्पति अपहरण गर्नेहरु प्रहरी नियन्त्रणमा

१७ बैशाख २०७०, मंगलवार १८:५० मा प्रकाशित

काठमाडौं, १७ । एक टिन एजर जोडीलाई अपहरण गरेको अभियोगमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । काभ्रेका १९ बर्षीय राजन घिमिरे र उनकी १८ बर्षीया श्रीमती अनु घिमिरेलाई गत १५ गते राती बा.१ ज ४३५३ नम्वरको ट्याक्सीमा राखेर अपहरण गर्ने अभियोगमा पक्राउ पर्नेहरुमा काभ्रे दाप्चाका २४ बर्षीय सन्देश घिमिरे, काभ्रे मिथिनकोट–७ का २२ वर्षीय आकाश रिजाल, काभ्रे डराउनेपोखरी–३ का ३० वर्षीय माईला घिमिरे, २६ वर्षीय कृष्ण घिमिरे र १७ बर्षीया गोमा घिमिरे रहेका छन् । कुलेश्वरमा बस्दै आएका जोडी राजन र अनुलाई किन अपहरण गरियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपहरित घिमिरे जोडी लाई काभ्रे घर भई बाङगेमुढामा बस्दै आएका आकाश रिजालको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारी उद्धार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट