बेइजिङबाट आउँदाका शेर दिल्लीमा किन भए मुसो ?

१७ बैशाख २०७०, मंगलवार १६:५४ मा प्रकाशित

काठमाडौं, १७ वैशाख । बोली फेर्न र झुठ बोल्ने क्षमता एमाओवादी अध्यक्ष प्रचण्डको थप विशेषता हो । उनको यो विशेषतासँग भारतीय नेताहरु पनि भलीभाँती परिचित नभएका होइनन् । तर, प्रचण्डले भारत भ्रमणका क्रममा भारतीय शासक एवम् त्यहाँका नेताहरुलाई समेत चिप्ला कुरा गरेर लट्पट्याइदिएको बुझिएको छ ।
बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्ता क्रममा अध्यक्ष दाहालले नेपाल, भारत र चीनबीच त्रिदेशीय सहकार्य र साझेदारी हुनुपर्ने बताएका थिए, जसअनुसार काठमाडौं फर्केपछि यही अवधारणामा उनले बहस पनि चलाए र भारतीय नेतृत्वसँग यसैबारे छलफल गर्ने अभिव्यक्ति पनि दिएका थिए ।  तर दाहालको यो अवधारणाप्रति भारतले कुनै दिलचस्पी दिएन । विदेशमन्त्री सलमान खुर्सिदले त सञ्चारकर्मीसमक्ष ‘त्रिदेशीय अवधारणामा भारत खुसी नभएको’ प्रस्टोक्ति नै दिए । ‘ खुर्सिदको प्रतिवादपछि गलेका दाहालले दिल्ली भ्रमणमा आफ्नो अघिल्लो टिप्पणीलाई सच्याउने धुर्तता गरेको स्रोतको कथन छ ।  नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा दाहालले आफूलाई सच्याएर भारतीय पक्षलाई खुशी पार्ने नियोजित किसिमबाट भने, ‘धेरैजनाले मलाई त्रिदेशीय साझेदारीबारे सोध्ने गरेका छन् । भारत र चीनको बढ्दो आर्थिक सम्बन्ध हेर्दा नेपालका विभिन्न परियोजनामा त्रिपक्षीय सहकार्य सम्भव छ, यो भविष्यको अवधारणा हो । सदियौं पुरानो द्धिपक्षीय सम्बन्ध अवमूल्यन गर्ने वा प्रतिस्थापन गर्ने मनसाय होइन।’ पाँच पृष्ठ लामो लिखित भाषणका क्रममा दाहालले माओवादीले उठाउँदै आएको कुनै मागमा एक शब्द उच्चारण नगरेका र सन् १९५० को सन्धि पुनरावलोकन तथा  भारतीय सवारी साधनको निर्वाध आउजाउबारे पनि प्रसंगै नझिकेका स्रोतको भनाई छ । जबकि, प्रचण्डहरु जनयुद्धमा जानेबेला तत्कालीन प्रधानमन्त्री  शेरबहादुर देउवालाई बुझाएको बहुचर्चित ४० बुँदे मागपत्रमा हिन्दी सिनेमामा प्रतिबन्ध, भारतीय सवारीमा रोक र भारतीय लगानीमा लगाम लगाउनुपर्ने लगायतका नौ वटा बुँदा नै भारतको हस्तक्षेपकारी भूमिकाको विपक्षमा थिए ।
उक्त ४० बुँदे माग पूरा नहुने देखेरै सशस्त्र संघर्षमा गएको माओवादीले बताउँदै आएको छ । दसवर्षे द्धन्द्धका क्रममा करिब १५ हजार नेपालीले ज्यान गुमाएका छन् । माओवादीले हतियार बिसाएर सत्तामा आएदेखि आफ्ना मागलाई फर्केर हेरेको छैन । बरु नेपाली कांग्रेस र एमाले सरकार पालामै यसबारे केही छलफल भएका छन् । अध्यक्ष दाहालले समेत नयाँदिल्लीसँग छलफल गर्दा आफैंले राखेका माग बिर्सिदिए । उनले ४० बुँदे र त्यसमा उल्लेखित भारतसँग सम्बन्धित मागको औचित्य साबित गर्न सकेनन्। भारत प्रस्थान गर्नु एक दिनअघि मात्र स्यांग्जामा भाषण गर्दै भारतलाई चुनौति दिएका प्रचण्ड दिल्लीमा भारतीय शासकहरुसमक्ष यसरी लुत्रुक्क परे कि चाटुकारिताको त्यो राम्रो नमूना थियो( एक प्रत्यक्षदर्शीको भनाई छ ।
यसरी बेइजिंगबाट आउँदा देखिएको प्रचण्डको शेरको जस्तो फूर्ति दिल्लीमा पुगेपछि कसरी मुसोमा परिणत भयो ? रोचक विषय बन्न पुगेको विश्लेषकहरुको  टिप्पणी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा