निर्वाचन आयोगको कार्यालयमा एमाले र एमाओवादी कार्यकर्ताबीच बखेडा

१७ बैशाख २०७०, मंगलवार १०:४० मा प्रकाशित

काठमाडौ, १७ वैशाख । निर्वाचन आयोगले संविधानसभा चुनावका आह्वान गरेको दल दर्ता आज मंगलबारदेखि सुरु हुने भएपछि विघटित संविधानसभाका तीन ठूला दल एमाओवादी, कांग्रेस र एमालेले दर्ता खुलेको पहिलो दिनै आयोगमा निवेदन दिने भएका छन् । तीनै दलले आआफ्ना तयारी पूरा गरेर दर्ताका लागि आयोग पुगेका हुन् । तर, निर्वाचन आयोगको दल दर्ता सूचीमा को पहिलो हुने भन्ने होडबाजीका कारण दलहरुमा विवाद पैदा भएको छ । को पहिलो भन्ने विषयमा एमाले र एमाओवादीका कार्यकर्ताबीच वादविवाद भएपछि प्रहरीले हस्तक्षेप नै गर्नुपरेको छ । दुई दलबीचको विवादकै कारण दल दर्ता प्रक्रियामा समेत अवरुद्ध बन्नु पुगेको छ ।
आयोगले  दल दर्ता र नविकरणको आह्वान गरेपछि ९ बजे कार्यालय खुल्ने भएपनि बिहान ६ बजेदेखि नै दलका प्रतिनिधीहरु आयोग कार्यालय पुगेका थिए भने एमाले र एमाआवादीका प्रतिनिधी संगसंगै त्यहाँ पुगेपछि विवाद भएको हो । दुवैले आफू अगाडि आएको दावी गर्दै भगडा सुरु गरेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको छ।
दल नवीकरणका लागि कांग्रेस र एमालेले सोमबारै संसद् सचिवालयबाट विघठित संविधानसभामा प्रतिनिधित्व रहेको सिफारिस लिएका छन् । यसका लागि कांग्रेस सभापति सुशील कोइरालाले पार्टी मुख्य सचिव चीनकाजी श्रेष्ठलाई अख्तियारी दिएका छन् भने एमाले अध्यक्ष झलनाथ खनालले यस्तो जिम्मेवारी कानुन व्यवसायी समेत रहेका नेता अग्नि खरेललाई दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०