अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मन र माओवादी अध्यक्षवीच भेटवार्ता

२२ चैत्र २०६८, बुधबार १५:४१ मा प्रकाशित

काठमाडौ, २२ चैत । नेपाल भ्रमणमा रहेकी राजनीतिक मामिलाका लागि अमेरिकी उपविदेशमन्त्री वेन्डी आर. शर्मन र  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता भएको छ । माओवादी संसदीय दलको कार्यालय सिहदरवारमा भएको भेटवार्तामा जारी शान्ति प्रक्रिया, संविधान निर्माण प्रक्रिया र सत्य निरुपण तथा मेलमिलाप र सत्य निरुपण आयोग गठन लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटवार्तामा अमेरिकी उपविदेशमन्त्रीले सेना समायोजन प्रक्रिया अवरुद्ध भएको प्रति चिन्ता प्रकट गरेका थिए । प्रतिउत्तरमा प्रचण्डले आज भोलीमै सहमति बनेर सेना समायोजन प्रक्रिया अगाडि बढ्ने भन्दै त्यसपछि संविधान निर्माण प्रक्रियाको काम पनि दु्रत रुपमा अगाडि बढ्ने बताएका थिए ।
दुई दिने नेपला भ्रमणका लागि आइपुग्नु भएको छ । नेपाल भ्रमणका क्रममा शर्मनले वरिष्ठ सरकारी पदाधिकारी, राजनीतिक दलका नेता, नेपाली सेनाका नेतृत्व, तिब्बती समुदायका प्रतिनिधि र नागरिक कार्यकर्ताहरूसँग भेटघाट गर्नुहुने कार्यक्रम छ । यस अघि शर्मनले भारत भ्रमण गर्नुभयो । उपविदेशमन्त्री शर्मन असोजदेखि कार्यभार सम्हाली रहनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार

आजको प्रमुख समाचार