राजदूत शर्माले कतारलाई ‘खुला जेल’को संज्ञा दिएपछि…

१७ बैशाख २०७०, मंगलवार ०७:०६ मा प्रकाशित

काठमाडौं, १७ वैशाख । कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मा फेरि विवादमा परेकी छिन् । कामका लागि कतार पुगेका नेपालीले सम्बन्धित कम्पनीको ने अब्जेक्सन लेटरबिना कतार छोड्न नमिल्ने प्रावधान रहेको आधारमा राजदूत शर्माले एक टिभी अन्तरर्वार्ताका क्रममा कतारलाई खुला जेलको संज्ञा दिएपछि उनी विवादमा तानिएकी हुन् । वीवीसीको साझा सवाल नामक अन्तरवार्ता शो मा शर्माले भनेकी छिन्, ‘कतार भनेको खुला जेल हो ।’ उनको यस धारणाका कारण परराष्ट्र मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको भन्दै स्पष्टिकरण माग्ने भएको छ । उता कतारमा रहेका नेपाली समुदायले पनि राजदूत शर्माको उक्त अभिव्यक्तिप्रति चर्को आपत्ति जनाएको छ भने काठमाडौंस्थित कतारी दुतावासले पनि राजदुत शर्माको धारणाप्रति ध्यानाकर्षण जनाउँदै परराष्ट्रसँग थप जानकारी माग गरेको बुझिएको छ ।
स्मरणरहोस्, कतारसहितका खाडी मुलुकमा रहेको ‘स्पोन्सरसिप’ पद्धतीका कारण यी देश छाड्ने क्रममा एउटा श्रमिकले ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने अनिवार्य प्रावधान छ । राजदूत जस्तो व्यक्तिले यसमाथि विचार नै नगरी एउटा देशलाई खुला जेलको संज्ञा दिएर अप्ठ्यारो परिस्थिति सिर्जना गराएको भनी शर्माको आलोचना भएको हो । यसअघि पनि नेपाली श्रमिकहरुबारे भद्दा टिप्पणी गरेर शर्मा आलोचना र विवादको केन्द्र बनेकी थिइन् । शर्मालाई बाबुराम भट्टराईको प्रधानमन्त्रीत्व कालमा राजदूत नियुक्त गरिएको थियो भने उनी एमाओवादी समर्थक व्यक्ति हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४