एमाओवादी र भारतबीचको सम्बन्धलाई नयाँ आयाम दिने प्रचण्डको दाबी

१६ बैशाख २०७०, सोमबार २२:०५ मा प्रकाशित

रासस, काठमाडौं, १६ वैशाख । भारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र भारतीय सुरक्षा सल्लाहकार शिवशङ्कर मेननबीच सोमबार नयाँदिल्लीमा भेटवार्ता भएको छ । भेटका अवसरमा अध्यक्ष दाहालले नेपालको राजनीतिक सङ्क्रमणको अन्त्यका लागि संविधानसभा निर्वाचन गर्न लागिएको र सो प्रयोजनका लागि अन्तरिम चुनावी परिषद् गठन गरिएको र सो परिषद्ले निर्वाचनको तयारी गरिरहेको जानकारी दिए। सङ्क्रमणकालको अन्त्यका लागि संविधानसभाको निर्वाचन गरी मुलुकमा स्थिर सरकार निर्माण गर्न आफूहरू प्रयत्नशील रहेको बताउँदै एमाओवादी अध्यक्ष दाहालले त्यसका लागि भारत सरकार र भारतीय जनताको सकारात्मक सहयोगको आवश्यकता रहेको बताएका बुझिएको छ । भेटका अवसरमा उनले निर्वाचनको लागि बन्दोबस्तीका सामान, राजनीतिक र नैतिक सहयोगको अपेक्षा गरेको बताएका थिए।
आफ्नो पार्टीले गत माघमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट उत्पादन र आर्थिक विषयलाई अगाडि सारेको र त्यसको माध्यमबाट पूँजीवादी जनवादी क्रान्तिलाई अघि बढाउन खोजेको प्रसङ्ग जोड्दै एमाओवादी अध्यक्ष दाहालले गरिब र निर्धन नेपालले भारतको सुरक्षा चासोलाई सम्बोधन गर्न नसक्ने भएकाले नेपालको आर्थिक उन्नती र प्रगतिमा सहयोग गर्न सुरक्षा सल्लाहकार मेननसँग आग्रह गरे। संविधानसभाको निर्वाचनले मात्र नेपालको सङ्क्रमणकालीन अवस्थाको समाधान गर्ने बताउँदै मेननले भारत सरकार निर्वाचन प्रक्रियाका लागि आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिएका थिए भने वार्तामा एमाओवादी र भारतबीचको सम्बन्धलाई नयाँ आधारमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो।
नेपालको आर्थिक समृद्धिका लागि भारत सरकारको तर्फबाट जलस्रोत र लुम्बिनीको पर्यटन विकास गर्न आवश्यक सहयोग उपलब्ध गराउने विषयमा भारत सरकार तत्पर रहेको समेत मेननले एमाओवादी अध्यक्ष दाहाललाई जानकारी गराएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४