बलात्कारको उजुरी दिन जाँदा प्रहरीबाटै महिला बलात्कृत

१६ बैशाख २०७०, सोमबार १९:४७ मा प्रकाशित

काठमाडौं, १६ वैशाख । उनी स्थानीय प्रहरी कार्यालय गएकी थिइन् आफूमाथि देवर पर्नेले गरेको बलात्कार बारेमा उजुरी गरी न्याय पाउन, तर न्याय खोज्न गएकै ठाउँमा उनी फेरि बलात्कृत हुनुपर्यो ।
हो, यस्तै घटना घटेको छ ताप्लेजुङमा । ताप्लेजुङको दोखु–७ चारपाटेकी चालीस वर्षिया ती महिलालाई देवर नाताका भुपेन्द्रले आइतबार बलात्कार गरेका थिए । यही कुराको जाहेरी दिन उनी आइतबार साँझ सुकेटारस्थित प्रहरी कार्यालय पुगेकी थिइन् । तर, उनलाई त्यहाँका एक असईले आलटाल गर्दै रातीसम्म अल्झायो र राति साढे १० बजे उनीमाथि बलात्कार गर्यो । यसरी प्रहरीबाटै थप बलात्कृत बनेकी उनको जाहेरीका आधारमा बलात्कारी असइमाथि पनि कारबाही सुरु गरिएको छ भने भुपेन्द्रलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर