‘कान्छी’ले ताण्डव नाच नाच्दा एसएसपीको सरुवा

१६ बैशाख २०७०, सोमबार १९:२८ मा प्रकाशित

काठमाडौं, १६ वैशाख । ‘हनुमानढोका’ भन्नेवित्तिकै राजधानी काठमाडौंको एक स्थानविशेषका रुपमा नभई कसैले गरेको अपराधमाथि उजुरी परेपछि छानबिन र सजाय गर्ने स्थानका रुपमा बुझ्ने गरिन्छ । यहाँ कसैले अनावश्यक रोवरवाफ प्रकट गरी कसैमाथि पनि धाक–धम्की र ज्यादति प्रदर्शन गर्ने सवाल नै उठ्दैन भन्ने मान्यता छ । यस्तो स्थानमा गत १४ गते शनिबार भने अचम्मको दृश्य देखियो । महानगरीय प्रहरी परिसरका प्रमुखका नाताले काठमाडौं जिल्लाभरिकै अपराध तथा सुरक्षाको जिम्मा लिएका एसएसपी रणबहादुर चन्दको कार्यकक्षमा एउटी महिला बडा रोवरवाफका साथ प्रकट भइन् । बिदाको दिन हुनाले एसएसपी चन्द त कार्यकक्षमा थिएनन् तर ती महिलाले आफू चन्द सा’पकी पत्नी भएको सगर्व दाबी मात्रै नगरी त्यहाँ भएका प्रहरी कर्मचारीहरुलाई हप्कीदप्कीका साथ निर्देशन दिन थालिन् । केही दिनअघि नेपालीलाई जुवा खेलाउँदा रङ्गेहात पक्राउ परेका अनना क्यासिनोका जिएम तप्तबहादुर बिष्टको बारेमा खोजीनीति गरिरहेकी थिइन् ती महिला । ‘विष्ट कहाँ कसरी थुनिएका छन् ?’ भन्ने प्रश्न गर्दागर्दै आफूसमक्ष बिष्टलाई उपस्थित गराउन आदेश दिइन् तिनले । थप अचम्म त के भने एसएसपी रणबहादुर चन्दकी श्रीमतिको दश वर्षअघि नै निधन भएको थाहा पाएका प्रहरीकर्मीले समेत आफूलाई चन्दकी पत्नी दाबी गर्ने ती महिलाको हैसियतबारे प्रश्न गर्ने हिम्मत जुटाउन सकेनन् । वास्तविक पत्नी नै भए पनि त्यसरी जिल्ला प्रहरी प्रमुखको कार्यालयमा आएर अर्डर लगाउन पाउने अधिकार त संविधानले कतै–कहिल्यै दिएको छैन भन्ने हेक्का पनि ती रहेन उनीहरुलाई । हुस्सु बनेर हिस्स परिरहे । आधा घण्टाजति फूर्तिफार्ति गरेर थुनुवा बिष्टलाई समेत भेटेर ती महिला बाहिरिइन् । तिनी गएपछि भने हनुमानढोकाका प्रहरीहरुबीच ती महिला चन्दकी कान्छी पत्नी भएको चर्चा चलेको थियो ।
तत्कालका लागि त कुरो त्यत्तिकै सामसुम भयो । तर, यो घटनाले एसएसपी रणबहादुर चन्दमाथि भने बज्रपात नै गरिदियो । अर्थात्, अत्यन्त आकर्षक मानिने महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखबाट चन्दको सरुवा भएको छ । उनको स्थानमा प्रहरी मुख्यालयको विशेष ब्युरोमा रहेका एसएसपी सुवोध घिमिरेलाई ल्याइएको छ । एसएसपी जयबहादुर चन्दको डिआइजीमा बढुवा भएपछि केही महनिाअघि मात्रै चन्दलाई हनुमानढोकाको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।निर्वाचन घोषणाको सवालमा सत्तारूढ गठबन्धन संविधान र कानूनको परिपालना भन्दा पनि बढी नाफा र घाटाको जोडघटाउमा लागेको छ । कानून

दाङ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक

दाङ। कोरोना संक्रमण दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा गम्भीर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरूले कोरोना संक्रमणबाट