एमालेमा नौ जना केन्द्रिय सदस्यको मनोनयन

१६ बैशाख २०७०, सोमबार १९:२५ मा प्रकाशित

काठमाडौ, १६ वैशाख । नेकपा एमालेको स्थायी समिति बैठकले केन्द्रिय कमिटीमा रिक्त नौ सदस्यको स्थानमा सदस्यहरु मनोनयन गरेको छ । सोमबार बसेको स्थायी समितिको बैठकबाट केन्द्रिय सदस्यमा मनोनयन हुने भाग्यमानीहरुमा उपत्यकाका सचिव सानुकुमार श्रेष्ठ, वागमती सचिव शेरबहादुर तामाङ, अखिलका पूर्वअध्यक्ष राजेन्द्रकुमार राई, पार्टीका भोजपुर अध्यक्ष शेरधन राई, पाँचथरका अध्यक्ष गणेश काङमाङ,  तनहुँका नेता एकबहादुर राना, कर्णालीका सचिव चन्द्रबहादुर शाही, महोत्तरीका नेता रामदयाल मण्डल र अखिल नेपाल किसान महासंघका उपाध्यक्ष केशवलाल श्रेष्ठ रहेका छन् । यस्तै पूर्वसभामुख सुवास नेम्वाङ र ज्ञानबहादुर भुजेललाई रिक्त पाँच प्रतिशतबाट केन्द्रमा मनोनयन गर्ने सहमति भएको एमाले स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट