सगरमाथा आधार शिविरमा शेर्पाहरुले कुटे विदेशी पर्वतारोही

१६ बैशाख २०७०, सोमबार ०७:५३ मा प्रकाशित

काठमाडौं, १६ वैशाख । विश्वको सर्वोच्च हिम शिखर सगरमाथा आरोहणमा आएका विदेशी पर्वतारोहीहरुलाई शेर्पाहरुले कुट पिट गरेका छन् । सगरमाथा आरोहणका क्रममा रहेका स्विट्जरल्यान्डका एक र इटालीका एक पर्वतारोहीलाई उनीहरुले आक्रामण गरेका हुन् । (हाइ अल्टिच्युड वर्कर) आरोहीका सहयोगी शेर्पाहरुले स्विट्जरल्यान्ड र इटालीका पर्वतारोहीलाई सगरमाथा आरोहणको क्रममा क्याम्प ३ आस पासको क्षेत्रमा कुट पिट गरेका हुन् । स्थानिय प्रसाशनले झगडाको पुष्टि गर्दै आधार सिविरमा रहेको प्रहरी संयन्त्र मार्फत छानविन सुरु गरिएको जानकारी दिएको छ । यो मौशम सर्वोच्च हिम शिखर सगरमाथा आरोहणको उपयुक्त समय भएकोले देश विदेशका हजारौ आरोही नेपाल र चिन स्वसाशित तिब्बती मोहडाबाट आरोहण गर्ने गर्छन । यति बेला संसार भरका आरोहीहरु सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने उपयुक्त समयको खोजीमा सगरमाथा आधार शिबिरमा जम्मा भएका छन् । स्मरण रहोस यस अघि विदेशी पर्यटक लुटिएको खबर सार्वजनिक भए पनि आक्रमण भएको दुखद खबर बाहिर आएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर