लण्डनमा गोर्खाहरुको बृहत प्रदर्शन

१५ बैशाख २०७०, आईतवार १८:१७ मा प्रकाशित

लन्डन । आन्दोलनरत भूपू गोर्खाहरुले आफ्ना पांच सूत्रीय माग अघि सार्दै ति पूरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएका छन् । २४ तारिख बुधवार सेवा प्रवेशको १९८ वर्ष पुगेकै दिन पारेर पार्लियामेन्ट स्क्वायर अगाडि वृहत प्रदर्शन गर्दै उनीहरुले आफ्ना विभिन्न माग पूरा नभए भोक हड्ताल गर्ने चेतावनी दिएका हुन् । भूपू गोर्खाहरुले माग पूरा गर्न बेलायत सरकारलाई आगामी २४ अक्टोवरसम्मको ‘अल्टिमेटम’ दिएका छन् । उनीहरुले रेडिङ इष्टका एमपी रव विल्सन्मार्फत प्रधानमन्त्री डेभिड क्यामरनलाई एउटा ज्ञापनपत्र हस्तान्तरण गरे ।
ज्ञापनपत्रमा सेवा निवृत्त भए देखिकै जोडेर गोरा सैनिक सरह समान पेन्सन, विना रोकतोक १८ नाघेका छोराछोरीलाई बेलायतको आवासीय अधिकार, रिडन्डेन्सीमा पठाइएकालाई क्षतिपूर्ति, भूपू गोर्खाहरुलाई नेपालमा रहंदा पनि स्वास्थोपचार सुविधा उपलव्ध गराइनु पर्ने र अन्तिम माग सेवामा रहंदा न्यून तलव, परिवारलाई भेट्न बन्देज एवं आफ्ना केटाकेटीको भविष्य अन्धकार बनाइदिएको भन्दै सो वापत क्षतिपूर्ति दिइनुपर्ने उल्लेख छ ।
‘आन्दोलनलाई निर्णायक बनाउन ६ महिनाको समय दिएका छौं’, आन्दोलनरत गोर्खा संगठन मध्ये एक संयुक्त ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ, यूकेका संयोजक ज्ञानराज राईले भने, ‘त्यो बेला सम्म बेलायत सरकारले नेपाल सरकार र राजनीतिक दलको सहमतिमा त्रिपक्षीय सन्धि अनुरुप माग पूरा गरेन भने हामी भोक भोकै मर्छौं ।’ पछिल्लो आन्दोलन युविजिइए यूके, बिगेसो र गोर्खा ह्युमन राइट्स प्रोजेक्ट्सको संयुक्त आयोजनामा भएको हो । प्रदर्शनमा करिब आठ सय भूपू गोर्खा र तिनका परिवारको सहभागिता रहेको आयोजकले बताएका छन् ।
यसैबीच, ति गोर्खा संगठनले आउंदो मंगलबार राजदूत डा. सुरेशचन्द्र चालिसे मार्फत नेपालको अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी समक्ष उही ज्ञापन पत्र बुझाउने तय गरेका छन्

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत