अष्ट्रेलियाका नेपाली माझ काँग्रेस महामन्त्री प्रकाशमान

१५ बैशाख २०७०, आईतवार १८:१२ मा प्रकाशित

कमलराज गैरे, मेलबर्न, अष्ट्रेलीया । जनसम्पर्क समिती, मेलबर्नको आयोजनामा काँग्रेस महामन्त्री श्री प्रकाशमान सिंहका साथ एक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । नर्थकोट, मेलबर्नमा आयोजित सो कार्यक्रममा महामन्त्री सिंहले देशको वर्तमान समसामयिक राजनीतिक र संबैधानिक परिस्थितीका बारेमा काँग्रेसको विष्लेषण र दृष्टीकोण प्रस्तुत गर्नु भएको थियो । विघटीत संविधानसभाले देशलाई संविधान दिने एकमात्र र महत्वपूर्ण कार्य सम्पन्न गर्न नसकेको यस अवस्थामा देश विदेशमा रहेका नेपालीहरुले दलहरु र उनीहरुको कार्यशैलीको मूल्याङ्कन गरिरहेको बताउनु भयो ।

संविधानसभाको निर्वाचन पश्चात विभिन्न पार्टीहरुले सरकार चलाइसकेको परिप्रेक्ष्यमा देशका गाउँ गाउँमा जनताहरुले कंग्रेसका आफ्ना केही कमीकमजोरीका बाबजुद पनी नेपाल र नेपालीको पक्षमा काम गर्न सक्ने एकमात्र भरपर्दो र विश्वासिलो राजनैतिक पार्टीको रुपमा नेपाली काँग्रेसलाईनै लीने गरेको उल्लेख गर्नु भयो । वहाँले आगामी निर्वाचनमा नेपाली काँग्रेस सबै भन्दा ठूलो शक्तिकोरुपमा स्थापित हुने निश्चित रहेको बताउनु भयो ।

जन सम्पर्क समिती मेलवर्नका अध्यक्ष श्री दुर्गा आचार्यको सभापतित्वमा आयोजित सो कार्यक्रममा मेलवर्नमा बसोबास गर्ने नेपालीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । जनसम्पर्क समितीका सचिव श्री सुरेश पोखरेलले संचालन गर्नु भएको सो कार्यक्रममा समितीका सदस्य श्री नारायण काफ्लेले स्वागत भाषण गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुले संविधान निर्माण, निकट भविष्यमा हुने भनीएको आम निर्वाचन, गैर आवासिय नेपालीहरुले लामो समय देखी उठाउदै आएका मागहरु लगायतका विषयहरुमा महामन्त्री सिंह संग छलफल गरेका थिए । अन्र्तकृया कार्यक्रम लगत्तै महामन्त्री सिंह वहाँकै सम्मानमा जनसम्पर्क समिती मेलबर्नले आयोजना गरेको दिवाभोजमा सरिक हुनु भएको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत