असी हजार भुटानी शरणार्थी तेस्रो मुलुकमा, अमेरिकी राजदूतद्वारा नेपाल सरकारको प्रशंसा

१४ बैशाख २०७०, शनिबार २०:५६ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । नेपालका लागि अमेरिकी राजदूत पिटर बोडीले विगतमा एक लाखभन्दा बढी भूटानी शरणार्थीलाई नेपालमा शरणस्थान प्रदान गरिदिएकोमा नेपालको प्रशंसा गर्नुभएको छ । ८०औं हजार भुटानी शरणार्थी तेस्रो राष्ट्रमा पुनर्वासका लागि प्रस्थान गरेको अवसरमा शुक्रबार एक समारोहको आयोजना गर्दै राजदूत बोडीले नेपाल सरकारको प्रशंसा गर्नुभएको हो ।
भुटानी शरणार्थीलाई सन् २००७ डिसेम्बरमा तेस्रोराष्ट्रमा पुनर्वास गराउने कार्यक्रम शुरु भएदेखि ६६ हजारभन्दा बढी भुटानी शरणार्थीहरू संयुक्त राष्ट्र अमेरिकामा आप्रवासका लागि गइसकेका छन् जहाँ उनीहरू लगभग सबै राज्यमा वसोवास गर्छन् । बाँकी शरणार्थीहरूले अस्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्युजील्याण्ड, नर्वे, र बेलायतमा पुनर्वास गरेका छन् । नेपाल सरकार, शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (युएनएच्सीआर), अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) बीचको उत्कृष्ट समन्वयको उल्लेख गर्दै उहाँले शरणार्थीहरूले विदेशमा नयाँ जीवन शुरुवात गर्नका लागि देखाएका साहसको पनि तारिफ गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि