माओवादीको जडसुत्रवादी धारले मुलुक बिगारेको खनालको दाबी

१४ बैशाख २०७०, शनिबार २०:५२ मा प्रकाशित

रासस, काठमाडौं, १४ वैशाख । एमाले अध्यक्ष झलनाथ खनालले आगामी संविधानसभाको चुनावमा लोकतान्त्रिक शक्तिबीच गठबन्धन हुने सम्भावना रहेको बताएका छन् । रामकोट गाउँ पार्टी कमिटीले लोकतन्त्र दिवस तथा नव वर्षको उपलक्ष्यमा शनिबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान निर्माणको ऐतिहासिक अभिभारालाई पुरा गर्न लोकतान्त्रिक शक्तिबीच एकता आवश्यक रहेकाले त्यसतर्फ गृहकार्य भइरहेको बताए ।
अध्यक्ष खनालले विगतमा एकीकृत नेकपा (माओवादी)को जडसुत्रवादी धार तथा उनीहरुका विभिन्न गतिविधिले संविधान निर्माणमा अवरोध पुर्‍याएको भन्दै मुलुकमा सदीयौदेखि मिलेर बसेका विभिन्न जातजातिको सद्भाव र एकतालाई कायम राखेर मात्र समग्र देशलाई आर्थिक रुपान्तरण गर्न सकिने उल्लेख गरे ।
मुलुकमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि संविधान निर्माणको कार्यलाई पूरा गर्न जरुरी रहेको र त्यसका लागि संविधानसभाको निर्वाचनको विकल्प नरहेको उनले बताए । अध्यक्ष खनालले पार्टीअन्तर्गत विभिन्न तह तप्कामा रही जिम्मेवारी लिएका विभिन्न नेता तथा कार्यकर्तालाई एकढिक्का भई आगामी निर्वाचनमा सहभागी हुन निर्देशन दिँदै त्यसको सहजताका लागि पार्टीले आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पार्टी सचिव युवराज ज्ञवाली तथा नेताहरु कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फूयाल, बामपन्थी नेता राधाकृष्ण मैनालीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा संघका एक प्रतिनिधि मण्डल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव, मणिराम गेलालले निर्माणाधिन लाप्राक

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति