कांग्रेस, एमाले र एमाओवादी मधेसविरोधि भएको महतोको आक्षेप

१४ बैशाख २०७०, शनिबार २०:४५ मा प्रकाशित

रौतहट, १४ वैशाख । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी संविधानसभाको निर्वाचनमा संघीयताविरोधीलाई जनताले तह लगाउने बताएका छन् । शनिबार रौतहटको गौरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले कांग्रेस, एमाले र एमाओवादीलाई परिवर्तनविरोधिको संज्ञा दिँदै सद्भावना पार्टीले २२ वर्ष पहिले उठाएका मुद्धा सफल हुन नसक्नुमा यिनै दलहरुको कारकतत्व रहेको आरोप लगाए ।
आफ्ना कार्यकर्ताहरुलाई उल्लेखित दलहरुसँग बच्न सल्लाह दिँदै महतोले मधेशको एजेण्डा र भावना अनुसार नगर्ने मधेशवादी भनाउँदा दलहरुलाई जनताले तह लगाउने दाबी गरे । मधेशको नाउँमा पार्टी संचालन गर्ने तर मधेशलाई पाँच प्रदेशमा बिभाजन गराउने कार्यमा सहभागी भएका दलहरुलाई मधेशका जनताहरुले आउँदो संविधानसभाको निर्वाचनमा ठेगान लगाउने उनको कथन थियो । कांग्रेस पार्टीबाट मधेसी दलमा छिरेकाहरु वास्तविक मधेसवादी हुन नसकेको जिकीर गर्दै महतोले कांग्रेस र एमालेमा विगत लामो समय रहेका नेताहरुले खोलेका दलका नेताहरुको सोच अहिले पनि उस्तै रहेकोले उनीहरुले मधेशको हित नगर्नेे ठोकुवा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय