बुटवलमा घुम्ती शौचालय सञ्चालन

१४ बैशाख २०७०, शनिबार २०:२४ मा प्रकाशित

रुपन्देही, १४ वैशाख ।  लामो समयको कसरतपछि बुटवलमा सार्वजनिक घुम्ती शौचालय संचालनमा आएको छ । बुटवल नगरपालिका र मणिमुकुन्द सेन  उद्यान संरक्षण समितिको संयुक्त लगानीमा यस क्षेत्रमै पहिलोपटक घुम्ती शौचालय संचालनमा ल्याइएको हो । घुम्ती शौचालयको एक कार्यक्रमबीच बुटवल नगरपालिकाका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेलले उद्घाटन गरे ।
बुटवलमा दिनप्रतिदिन बस्ति बिकाससंगै शहरीकरण्ँ बढ्दै गएपछि नगरपालिकाले मोबाइल शौचालयको अवधारण्ाँ अगाडि सारेको थियो । शहरी वातारण्ँका लागि सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्तर्गत पीपीपीयूई/युएनडीपी र बुटवल नगरपालिकाको ७ लाख ५० हजार र मण्ँिमुकुन्दसेन उद्यानको ३ लाख ७५ हजार गरी ११ लाख रुपैयां लगानीमा घुम्ती शौचालय ल्याइएको हो ।
बुटवल ४ फूलबारीको गेटको देब्रे साईडमा आकाशे रंगमा सजिएको शौचालयमा एकपटक तीनजना पुरुष र तीनना महिला गरी ६ जनाले शौच गर्न सक्ने क्षमता रहेको मण्ँिमुकुन्द सेन उद्यानका अध्यक्ष मोतिराज ज्ञवालीले बताए । बुटवल नगरपालिकालाई वार्षिक २५ हजार रुपैयां बुझाउनेगरी घुम्ती शौचालयको  संचालन मणिमुकुन्द सेन उद्यानले गर्ने सम्झौता भएको छ ।
बुटवलमा रहेका सार्वजनिक शौचालयहरुको बर्षेनी ब्यबस्थित प्रयोग र उपयोग गर्न नसक्दा नगर प्रदुषित हुनुका साथै बाताबरण प्रदुषण पनि बढिरहेको बेलामा संचालनमा ल्याइएको शौचालयको प्रभाबकारिता बढ्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही