पदाधिकारी नियुक्तिका लागि शिक्षण अस्पतालका चिकित्सकद्वारा दबाब

२२ चैत्र २०६८, बुधबार १४:३७ मा प्रकाशित

काठमाडौ, २२ चैत । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान तथा शिक्षण अस्पतालका पदाधिकारीको तत्काल नियुक्तिका लागि दबाब दिन शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गरेका छन् । लामो समयदेखि रिक्त रहेको डीनलगायतका अन्य महत्वपूर्ण पदहरुमा वरिष्ठता, योग्यता, इमान्दार र क्षमताको आधारमा प्राध्यापकमध्येबाट तत्काल नियुक्त गरी संस्थालाई धरासायी हुनबाट रोक्न त्रिवि उपकुलपतिसहितका सरोकारवालालाई पटकपटक अनुरोध गर्दासमेत बेवास्ता गरेकाले दबाबका लागि चरणबद्ध सङ्घर्षका कार्यक्रम तय गर्नुपरेको चिकित्सकहरुले बताएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थानका डीन तथा तीन सहायक डीन र क्याम्पस प्रमुखसमेत पाँच वटा पद लामो समयदेखि रिक्त रहेको क्याम्पसका प्राध्यापक सङ्घका अध्यक्ष प्रा.डा. दिनेश विनोद पोखरेलले बताउनुभयो । ती पदहरुमा तत्कालै नयाँ नियुक्तिका लागि एक महिनाअघि त्रिवि उपकुलपतिको ध्यानाकर्षण गरिएकोमा अहिलेसम्म पनि आफ्ना माग पूरा नभएकाले बाध्य भएर विरोधमा उत्रनु परेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव