वेच्न लैजादै गरेका दुई चेलीको उद्धार

१४ बैशाख २०७०, शनिबार १८:०९ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, १४ वैशाख । दलालहरुले बेच्न लैजादै गरेका नुवाकोटको पुर्वि भेगमा रहेको शिखरवेसी गाविसका दुई किशोरीलाई स्थानीय बासीको सहयोगमा प्रहरीले उद्धार गरेको छ । शिखरवेसी गाविस वडा नं. ५ र ६ का १६ वर्षिया कुंवर र नेपाली थर रहेका दुई किशोरीलाई गणेशस्थान गाविसको फेदीवेसीबाट उद्दार गरिएको हो । घ्याङफेदीका दुई जना दलालले किशोरीहरुलाई ललाई फकाई पैदल मार्गबाट ल्याइरहेको बेला उनीहरुको उद्दार गरिएको हो । युवतीहरुले फेदीबेसीमा आएर शंकास्पद कुराकानी गरेको थाहा पाई स्थानीयबासीले प्रहरी र वेचविखन विरुद्ध क्रियाशील संघसंस्थाहरुलाई खवर गरी युवतीहरुको उद्दार गर्न सघाएको कोसेली नेपालकी अध्यक्ष अस्मिता थापाले जानकारी दिनुभयो ।
स्थानीयले प्रहरीलाई खवर गरेको थाहा पाएपछि दलालहरु युवतीलाई छाडेर भागेका थिए । दुवै युवतीहरुलाई प्रहरीले अभिभावकको जिम्मा लगाएर पठाएको ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य