पांच सय वर्ष पुरानो सिन्दुरे जात्रा मनाइयो

१४ बैशाख २०७०, शनिबार १८:०७ मा प्रकाशित

देवचन्द्र भट्ट, नुवाकोट, १४ वैशाख ।नुवाकोटको प्रसिद्ध साततले दरबार राष्ट्रिय संग्रहालय क्षेत्रमा रहेको भैरवी मन्दिरमा पांच सय वर्ष पुरानो प्रसिद्ध सिन्दुरे जात्रा शनिवार भव्यताका साथ सम्पन्न भएको छ । जात्राको रौनकताले दिनैभर नुवाकोटको साततले दरवार क्षेत्रको भैरवी मन्दिर परिसरमा हजारौं जात्रालुको घुंइचो लागेको थियो ।
नुवाकोटको सवै भन्दा ठुलो यस मेला सिन्दुर जात्रा सात दिनसम्म लाग्दछ । चैत शुक्ल द्वितियाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर अगाडि र गुहृय पाटी अघि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ । साथै, भने द्धितियाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राती धामीले बली खाएपछि सकिन्छ ।
पांच सय बर्ष भन्दा पुरानो यो जात्राको मुख्य दिन शनिबार भैरवी मन्दिरमा ामी धमिनि, सरकारी कर्मचारी, नेपाली सेना र सर्वसाधारणले सिन्दुर जात्रा गरेर मनाइएको हो । यस अघि नै, चैत्र शुक्ल पूर्णिमाको दिन साततले दरवार राष्ट्रिय संग्रहालयसँगै रहेको भैरवी मन्दिरमा दुई दिन पछि द्वितियाको दिनमा हुने सिन्दुरे जात्राको निम्ता स्वरुप बहिनी भैरवीले दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्ती रहेको छ ।
किंवदन्ती अनुसार जालपादेवी सहित भैरवी मन्दिरमा आए पनि दिदी आएको अवसरम सिन्दुर जात्रा गरि हर्षबढाई गरिएको हो । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजा सहिद भैरवी मन्दिर प्राङ्गणमा पुगे पछि सिन्दुर जात्रा गरिन्छ । भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडी सहित सिन्दुर जात्रा सहित तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइन्छ ।
मेलामा सरकारी उच्च तहका कर्मचारी, नेपाली सेनाको समेत उपस्थिति रहने गरेको छ । चैत शुक्ल द्वितियाको राती भैरवी परिसरमा रांगा र बोकाको बली धामीले लिने चलन रहेको छ । सो जात्रामा सरकारी कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।
यसका साथै दुई दिन अगाडि देशको भविष्यवाणी गर्ने पाँचसय वर्ष पुरानो परम्परालाई निरन्तरता दिँदै नुवाकोटको धार्मिक तथा ऐतिहासिक देवीघाटमा रहेको जालपादेवी मन्दिरमा विहिवार विशेष मेला लागेको थियो । नुवाकोटको साँस्कृतिक तथा धार्मिक महत्व बोकेको जालपादेवी मन्दिरमा चैत शुक्ल पूर्णिमाको दिन विशेष मेला लागेको हो ।
चैत शुक्ल दुतियाका दिन साततले दरवार राष्ट्रिय संग्रहालयसँगै रहेको भैरवी मन्दिरमा गरिने विशेष सिन्दुरे जात्राको निम्ता स्वरुप बहिनी भैरवीले दिदी जालापादेवीलाई बोलाउन गएको भन्ने किंवदन्तीका साथ जालपादेवीमा विशेष मेला लागेको थियोे । बहिनी भैरवीको दुतका रुपमा भैरवीका पुजारी गणेश, कुमारका साथ बाजागाजासहित रथ यात्रा गरेर जालपादेवी पुग्ने प्रचलन रहेको छ ।
भैरवीमा हुने सिन्दुरे जात्राको लागी पंच दिन अगाडि नै नुवाकोटको भैरबी मन्दिर अगाडि नेपाली सेनाको सहयोगमा स्थानीयबासीले ५० हात लामो सल्लाको लिङ्गो ठड्याएपछि जात्रा शुरु भएको हो । विदुर नगरपालिका वडा नं. ७ देवीघाटमा रहेको जालपा मन्दिरमा विहीवारदेखि नै दर्शनार्थीहरु पुगेर मन्दिरमा भाकल अनुसारका कुखुरा बोका चढाउनेको विहान देखि नै भिड लागको थियो ।
चैत शुक्ल चतुर्दशीको राती आफ्ना मरेका पितृहरुको सम्झनामा सर्वसाधारणले जालपादेवी मन्दिर परिसरमा द्वीप प्रज्वलन गरेका थिए । धामीले जात्राको अवसरमा आगामी वर्ष देशमा हुने विभिन्न घटनाक्रमहरुको गोप्य भविष्यबाणी गर्ने गरिन्छ । भविष्यवाणी विशेष दुतमार्फत राष्ट्रपति कहाँ लैजाने गरिन्छ । राजसंस्था हुँदा उक्त भविष्यवाणी राजदरवारमा पु¥याइँदै आएको जात्रा सञ्चालकहरु बताउँछन् ।
नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिर र भैरवी मन्दिरमा लाग्ने जात्रा एक हप्तासम्म मनाउने गरिन्छ । जात्रा हेर्नका लागि नुवाकोट, रसुवा, धादिङका साथै काठमाडौं उपत्यका, मकवानपुर, चितवन, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, तनहुँलगायतका जिल्लाबाट हजारौं आउने गरेका छन् ।
भैरवी मन्दिर नजिकै रहेको तलेजु भवानीको मन्दिरमा महावली दिएपछि भैरबी मन्दिरबाट साझ नै धामी धमिनी रथयात्रा सहित देवीघाट पुगेका थिए । मध्यरातमा भैरवीका पुजारी धामीले जालपा देवीको मन्दिरमा धामीले जिउदो रागो, बोका र माछाको भोग खाने गर्दछन् ।
भैरवी मन्दिरका पुजारी धामी हरिमानसिंह डंगोल र धमिनी मन्दिरको रथ र बाजागाजा सहित देवीघाट आए पछि सिन्दुरे मेलाको विशेष रौनकता सुरु हुनेछ । नुवाकोटबाट देवीघाट जानेक्रममा विधिपुर्वक बाटोमा विभिन्न स्थानमा पुजा र देवीघाटको स्मारक नजीक स्नान गराई धामीलाई जालपा मन्दिरसम्म बाटोमा सेतो कपडा विछ्याएर लैजाने चलन रहेको छ ।
धामीको यात्रा हेर्न बाटोमा लाम लागेका भक्तजनहरुले जीवीत देवताको रुपमा पुजिदै आएका धामी र धमिनीलाई पूजा तथा दर्शन गर्ने गर्दछन् । देवीघाटको मेला विधिपूवर्क सकेर धामी नुवाकोट फर्किएपछि भैरवी मन्दिरमा चैत शुक्ल द्वितियाको दिन सिन्दुर खेलेर सिन्दुरे जात्रा मनाउने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।