ऐतिहासिक ‘जितगढी’को सुरक्षाप्रति स्थानीयको चिन्ता

१४ बैशाख २०७०, शनिबार १०:४४ मा प्रकाशित

बुटवल, १४ वैशाख । बुटवल–३ रुपन्देहीस्थित पुरातात्विक सम्पदा ‘जितगढी’को सुरक्षा र सरसफाई नभएकोमा सोही ठाउँको उजिरसिंह माध्यमिक विद्यालयले चिन्ता प्रकट गरेको छ । सुरक्षाकर्मी र सुरक्षा पर्खालको अभावले गढी किल्ला लागुपदार्थका दुव्र्यसनी, जुवाडे र यौनकर्मीको क्रिडास्थल भएकाले पुरातात्विक सामग्री नष्ट हुनुका साथै गढीका नायक कर्णेल उजिरसिंह थापाको शालिक समेत टुटफुट भएको भन्दै विद्यालयले चिन्ता प्रकट गरेको हो ।
१८ औँ शताब्दीमा बुटवलमा भएको नेपाल–अंग्रेज युद्धमा नेपालले जितेको स्थल जितगढीको सुरक्षा र प्रवद्र्धन गर्ने उपायको खोजी गर्न विद्यालयले हालै स्थानिय बुद्धिजीवी र सुरक्षा अधिकृतसँग अन्तरसम्वाद कार्यक्रम गरेको छ । कार्यक्रममा दंगा नियन्त्रण प्रहरी गण बुटवलका एसपी विक्रमसिंह थापाले सुरक्षाकालागि प्रहरी चौकीको स्थापना र सरसफाइ गर्नुपर्ने सुझाव राखे भने पर्यटन व्यवसायी माधव नेपालले होटल व्यवसायी संघ बुटवलले गढीको संरक्षण र प्रवद्र्धनका लागि काम गर्न सहयोग नपाएको गुनासो राखे ।
गढीका नायक कर्णेल उजिरसिंह थापाको नाममा स्थापित उक्त विद्यालयले गढीको सुरक्षा र प्रवद्र्धनका लागि पहल गर्न छवी नेपाल, विमल वहादुर शाक्य, महेन्द्र थापा, नरेन्द्र वस्नेत लगायत ११ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको वैठकले बुटवल नगरपालिका, पुरातत्व विभाग र सुरक्षा निकायको सुझाव र सहयोग लिएर काम गर्ने निर्णय गरेको संयोजक नेपालले बताए ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास