राष्ट्रिय स्वाधीनताको आन्दोलन चर्काउने ड्यास माओवादीको निर्णय

१४ बैशाख २०७०, शनिबार ०९:२९ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । चार राजनीतिक शक्तिबीचको ११ बुँदे सहमति, त्यसअघिको २५ बुँदे सहमतिको खारेजी, सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षतामा बनाइएको सरकारको राजीनामा, सर्वपक्षीय गोलमेच सभाको आयोजना र त्यसैको सहमतिका आधारमा सरकार निर्माण गर्नुपर्ने माग वैद्य नेतृत्वको माओवादीले अघिसार्दै आएकोमा हालै सम्पन्न सो पार्टीको केन्द्रिय समिति बैठकले तिनै मागहरु दोहोर्याउँदै राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । आधिकारिक तवरमै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको माओवादीले नागरिकता वितरणमा खटिएको सरकारी टोलीका गतिविधिसमेत रोक्ने चेतावनी दिएको छ । 
सो पार्टीका महासचिव रामबहादुर थापाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार आन्दोलनमा परिचालित संयुक्त मोर्चालाई अझ व्यापक र प्रभावकारी बनाउने निर्णय गरिएको छ भने आन्दोलनका कार्यक्रमअन्तर्गत भारत सरकारले नेपाल सरकारको अनुमतिबिना विराटनगरमा राखेको कार्यालय र त्यसद्वारा सञ्चालित गतिविधि तुरुन्त बन्द गर्नका वैशाख १६ गते भारतीय दूतावासमा विरोधपत्र दिने निर्णय गरिएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार वास्तविक नेपालीलाई वितरण गर्नुको साटो विदेशीलाई नेपाली नागरिकता दिई नक्कली मतदाता सूची तयार गर्न गरिएको सरकारी नागरिकता टोलीको कार्यक्रमको व्यापक विरोध एवं भण्डाफोर गरी उक्त कार्यक्रमलाई रोक्न जोड दिइने छ । यस्तै गत फागुन ३० गते राति चार राजनीतिक शक्तिबीच भएको सहमतिलाई माओवादीले बाह्य शक्तिको गुरुयोजना भनेको छ । बाह्य शक्तिकेन्द्रको गुरुयोजनामा चारदलको सिन्डिकेटले निर्णय गरी दिएको सुझावका आधारमा राष्ट्रपतिद्वारा जारी गरिएको २५ बुँदे बाधा अडाउ फुकाउ आदेश असंवैधानिक भएको आरोप लगाउँदै उक्त प्रतिगमनकारी कदमविरुद्ध सशक्त आन्दोलन अघि बढाउने माओवादीले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको