सुन बेच्न नपाएपछि रुपन्देहीका व्यवसायी आन्दोलनमा

१४ बैशाख २०७०, शनिबार ०८:३२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १४ वैशाख । सरकारले सुनको सहज आपुर्ती गर्न नसकेको आरोप लगाउँदै रुपन्देहीका सुन व्यावसायीहरु आन्दोलनमा उत्रिएका छन् । बजारमा सुनको माग अत्याधिक बढेका बेला सजह रुपले सुन पाउन नसक्दा व्यावसायीहरु व्यावसाय नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल सुनचादि व्यावसायि संघ रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी महङ्गोमा सुन किनेर सस्तोमा कारोबार गर्न नसकिने भन्दै अनिश्चिकालका लागि आफ्ना पसल बन्द गरेका छन् । सुनको भाउ घटेका बेला गहना किन्नेको निकै घुर्इंचो लागेको छ तर पसलमा स्टकको सामान सबै रित्तिएकोले व्यापारमै समस्या आएको नेपाल सुनचाँदी व्यावसायी महासंघका केन्द्रिय सदस्य प्रेमकुमार सेन्चुरीले बताए । बैंकले सहज रुपमा सुन नदिएको अवस्थामा अन्य डिलरबाट खरिद गरी ल्याउँदा तोलामा ३ देखि ४ हजार महङ्गो खरिद गरि सस्तोमा बिक्रि गर्न नसकिने उनले बताए । रुपन्देहीमा २ सय भन्दा बढी सुन पसल छन् भने दैनिक २ किलोभन्दा बढी सुनको कारोबार हुने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका

काठमाडौं । महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी का ३१ वर्षीय मुक्ति

काठमाडौं ।पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ। गत साताको बिहीबार अन्तिम कारोबारको दिन