तलब नपाएपछि कार्यालयमै चोरी

१४ बैशाख २०७०, शनिबार ०८:२८ मा प्रकाशित

चन्द्रकान्त खनाल, १४ वैशाख । बुटवलको एक मिडियामा काम गर्ने व्यक्तिले आफूले तलव नपाएपछि चोरी गर्न बाध्य भएको बताएका छन् । कार्यालयको सामान चोरी भएपछि रिपव्लिक एफएमले प्रहरीमा दिएको उजुरीको आधारमा खोजतलास गर्दा बुटवल–१३ का प्रकाश थापालाई प्रहरीले चोरीका सामानसहित उनकै घरबाट पक्राउ गरेको छ । 
मासिक चार हजार ६ सय रुपैयाँ तलबमा काम गर्दै आएको र तलब बृद्धि गरिने भनिएकोमा बाँकी तलब नै नपाएपछि सामान चोरी गरेको बयान थापाले प्रहरीसमक्ष दिएका छन् । थापाले उक्त एफएम रेडियोबाट सिएफएल बल्व, पेनड्राईभ, कम्प्यूटरको हार्ड डिस्क, कम्प्यूटर सेट, सफ्टवेर समेत गरी ४ लाख रुपैंयाबराबरको सामान चोरी गरेको रेडीयोले प्रहरीलाई निवेदन दिएको थियो । उनको घरबाट प्रहरीले मनीटर, बुफर, सिपियु, किबोर्ड, माउस, लगायतका सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले जानकारी दिए ।
त्यस्तैगरी व्यक्तिको घरबाट ल्यापटप, डिजिटल क्यामेरा, मोवाईल चोरी गर्ने पडसरी–६ रुपन्देहीका २२ वर्षीय अमर थापालाई पनि प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । शंकरनगर–३ रुपन्देहीका कमल कंडेलको घरबाट थापाले ति सामान चोरी गरी हाटीफर्साटिकर–७ का रमेश यादवलाई बिक्रि गरेको र यादवले पुन सोही गाविसको वार्ड नं. ९ का रमेश चौधरीलाई नाफा लिएर बिक्रि गरेको प्रहरीले जनाएको छ । त्यस्तैगरी बुटवलका बिभिन्न होटलबाट अवैध कृयाकलापमा संलग्न रहेको भन्दै ८ जोडीलाई पक्राउ गरेको छ । बुटवलका बसपार्क, नेपालगञ्जरोड लगायतका क्षेत्रमा रहेका २५ वटा होटलहरुमा छापामार्दा अवैध कृयाकलापमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुलाई आइन्दा त्यस्तो काम नगर्ने सर्तमा आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो