बाबुरामको निर्णय सर्वोच्चले उल्ट्यायो

१४ बैशाख २०७०, शनिबार ०८:१९ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । सत्ताको दुरुपयोग गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा गरिएको अनमिनद्वारा अयोग्य ठहरिएका लडाकुलाई समेत जनही २ लाख रुपैयाँ दिने निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ । सर्वोच्चका न्यायाधीशहरु रामकुमारप्रसाद शाह र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासले त्यसरी जथाभावी रकम दिन नमिल्ने र दिनै परे कानून बनाएर उचित कारण खुलाएर मात्र दिन सकिने भन्दै अघिल्लो सरकारको निर्णय खारेज गर्न आदेश दिएको हो ।
तत्कालीन प्रधानमन्त्री भट्टराईले यसरी अयोग्य लडाकुलाई दुई दुई लाख प्रदान गर्ने निर्णय गरेर राज्यको ढुकुटीमाथि खुल्लमखुल्ला भ्रष्टाचार गरेको भन्दै डेमेक्रेटिक लयर्स एसोसियसनका तर्फबाट अधिवक्ता विश्वास आचार्य र राधा सिग्देलले उक्त निर्णय खारेज हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिट परेको सात महिनामा यस्तो फैसला आएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट