प्रहरीभित्र भ्रष्टाचारको अर्को काण्डको पर्दाफास

१३ बैशाख २०७०, शुक्रबार १२:४० मा प्रकाशित

काठमाडौं, १३ वैशाख । अञ्चल प्रहरी कार्यालय बाग्मतीका लागि काभ्रेको भैसेपाटीमा जग्गा किन्दा भ्रष्टाचार भएको चर्चा सुरु भएलगत्तै प्रहरीभित्र छानबिन सुरु भएको छ । दुई करोड ५० लाख भन्दा बढी नपर्ने जमिनको खरिद गर्दा त्यत्तिकै थप रकम तिरिएको तिरिएको सम्बन्धमा शंका लागेपछि प्रहरीभित्रैबाट भ्रष्टाचारको चर्चा सुरु भएको थियो ।
भ्रष्टाचार सम्बन्धमा प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान अयोगले अनुसन्धान अघि बढाएको छ । सो जग्गा प्रहरी कार्यालयका लागि उपयुक्त सेमेत नहुने भन्दै अर्को जग्गा हेर्न थालिएको छ । स्रोतका अनुसार अञ्चल प्रहरी कार्यालयका तात्कालीन प्रमुख एसएसपी प्रेमबहादुर चन्द , काभ्रेका जिल्ला प्रहरी प्रमुख एस्पी रविन्द्र धानुक तथा उच्च प्रहरी अधिकारीको समेत मिलेमतोमा सो जग्गा खरिदमा २ करोड भन्दा बढिको हिनामिना भएको हो । जग्गाधनीसँग मिली मह्ङ्गोमा खरिद गरिएको मिलाएर मोटो रकम प्रहरी अधिकारीले बाढेको आरोप छ । २०६७ सालमा खरिद गरिएको उक्त जग्गाकाण्डमा तत्कालीन आइजीपी रमेशचन्द ठकुरी पनि अछुतो नरहेको बताइन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट