संविधान नआउनुको कारण नै माओवादी बखेडा र एमालेको द्धैध चरित्र : थापा

१३ बैशाख २०७०, शुक्रबार १२:२८ मा प्रकाशित

राज गुरुङ, पोखरा, १३ वैशाख । नेपाली कांग्रेसका युवा नेता गगन थापाले एकीकृत माओवादीको अनावश्यक बखेडाका कारण विघटित संबिधानसभाले जनतालाई संविधान दिन नसकेको बताएका छन् । संबिधानसभामा माओबादीको बखेडा र नेकपा एमालेको द्धैध चरित्रका कारण जनताको आकांक्षा पुरा हुन नसकेको उल्लेख गर्दै थापाले अब जनताको इच्छा बमोजिमको संबिधान निर्माण गर्नका लागी नेपाली कांग्रेसलाई बिजयी गराउन आग्रह गरे ।
नेपाली कांग्रेस कास्कीको इलाका नम्बर दशद्धारा स्थानिय नयाँपुलमा आयोजना गरिएको बिशाल आमसभालाई सम्बोधन गर्दै थापाले संघियताको नाउंमा मुलुकमा रहेका बिभिन्न जातजातीलाई भडकाउन लागेको माओबादीको केन्द्रिय समितीमा कुन जातजाती समेटिएको छ भन्ने फर्केर हेर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पुर्बसांसद शुक्रराज शर्माले लोकतन्त्रलाई मजबुत गर्नका लागी पनि बिगतको कमजोरीलाई सच्याउँदै कांग्रेसलाई बिजयी गराउन आग्रह गर्नुभयो भने कांग्रेस महासमिती सदस्य रामचन्द्र त्रिपाठीले कानुनी राज्य कायम, दण्डहिनताको अन्त्यका लागी पनि लोकतन्त्रबादीलाई जिताउनुपर्ने बताउनुभयो । कार्यक्रममा पर्बत कांग्रेसका सभापति लालकाजी गुरुङ, महाधिबेशन प्रतिनिधि पोषनाथ शर्मा, युवा नेता देबेन्द्र कुमार शेरचन, कास्की जिल्ला सचिब युबराज कुंवर, सहसचिब मुकुन्द ज्वाला, क्षेत्रिय सभापति आइ बहादुर गुरुङ, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुली, तरुण दलका केन्द्रिय सदस्य मुक्तिराम अधिकारी नेपाल बिधार्थी स.घका केन्द्रिय सदस्य सरोज केसी, कांग्रेस क्षेत्रिय प्रतिनिधि राज बहादुर गुरुङ ,दाङसिङ कांग्रेस सभापति तिल बहादुर गुरुङ सल्यान गाउं इकाइ सभापति झनक बहादुर केसी भदौरे तामागीका सभापति रामकाजी गुरुङ लगायतले बिगतमा लोकतन्त्रबादीको पराजयका कारण मुलुकमा नयां संबिधान आउन नसकेको,बिकास निर्माण ठप्प भएको समाजमा अन्याय बढेको जस्ता आरोप लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस