चार दलको चल्दैन, सरकार स्वतन्त्र छ : मन्त्री मल्लिक

१२ बैशाख २०७०, बिहीबार १६:५७ मा प्रकाशित

काठमाडौ, १२ बैशाख । चुनावी प्रयोजनबाट गठित रेग्मी सरकार चारदलीय सिण्डिकेटको शिकार बनेको आरोप लागिरहेकै बेला सरकारका एक मन्त्रीले त्यसको प्रतिवाद गरेका छन् । संघीय मामिला, स्थानीय विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्री विद्याधर मल्लिकले सरकार कुनै पनि नामको सेण्डिकेटको निर्देशनमा नचलेको र नचल्ने स्पष्ट पारेका छन् ।
राजधानीमा बिहिबार आयोजित साक्षात्कारमा उनले सरकार कुनै सेण्डिकेटको छायामा छैन भन्दै चार दलको उच्चस्तरीय राजनीतिक समितिले भनेकै काम गर्नुपर्छ भन्ने बाध्यता यो स्वतन्त्र सरकारलाई नभएको समेत जिकीर गरे । सरकारी वार्ता टोलीका सदस्य समेत रहेका मन्त्री मल्लिकले दैनिक प्रशासन सञ्चालन गर्ने काममा सरकारले कसैको पनि कुरा नसुन्ने स्पष्ट पार्दै राजनीतिक कुरामा दलहरुका कुरा सुनेर सरकारले आफै स्वतन्त्र रुपमा उपयूक्त निर्णय लिने बताए । उनले भने–  ‘देशमा ऐन, कानून र प्रक्रिया छ त्यसै अनुसार सरकारले काम गर्छ । कसैको कुरा सुन्दैन । सरकारले आफै स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने हो । कसैसँग सल्लाह गरेर काम गर्ने होईन ।’
संविधानसभाको निर्वाचनसम्बन्धी विषयमा सरकारले दलहरुसँग छलफल गरेर दलिय धारणा लिने काम मात्रै गरेको उल्लेख गर्दै मन्त्री मल्लिकले सबैको कुरा सुनेर सरकारले स्वतन्त्र ढंगले त्यसमा ठोस निर्णय लिने बताए । अघिल्लो सरकारले गरेको राजनीतिक नियूक्तिमा ब्यवसायिक मानिस भए निरन्तरता दिने जानकारी दिँदै अन्यथा सरकारको काम कारवाहीमा जटिलता थप्ने भए राजिनामा दिन आग्रह गर्ने उनले बताए ।
निर्वाचनको तयारीमा केही काम बाँकी रहेकोले निर्वाचनको मिति घोषणा नगरिएको जानकारी दिँदै तयारी सकेर छिट्टै मिति घोषणा गरिने बताए । उनले भने– ‘यो चुनाव गराउने कार्यसूचि लिएर बनेको सरकार हो,  निर्वाचनको मिति घोषणा गर्न केही काम अझै बाँकी छ । सबै काम पुरा नभई मिति घोषणा हुँदैन । संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेश निर्वाचन आयोगले तयार पारेको छ । त्यसमा छलफल जारी छ । सबै दललाई निर्वाचनमा ल्याउने विषयमा छलफल जारी छ । त्यसपछि मिति घोषणा हुन्छ ।’
उनले सरकार र निर्वाचन आयोगसँग  निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन गराउन आवश्यक तयारी गर्नु पर्ने दायित्व मात्र भएकोले निर्वाचनमा दलहरु भाग लिन तयार नभएका दलहरुलाई निर्वाचनमा ल्याएर माहौल बनाउने काम दलहरुको भएको दावी गरे । मल्लिकले भने– ‘दलहरुले भाग लिने विषयमा छलफल गरेर दलहरुले नै माहोल बनाउनु पर्छ । सरकार र निर्वाचन आयोगको काम निर्वाचनको तयारी मात्रै हो ।’
असारमा प्राविधिक तयार नपुगेकोले निर्वाचन हुन नसकेपछि अब कुनै पनि हालतमा कार्तिक अन्तिम वा मंसिरभित्रमा निर्वाचन गरेरै छाड्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस