चुनावमा सघाउन ठाकुरले मागे वैद्यको सहयोग !

१२ बैशाख २०७०, बिहीबार १४:३६ मा प्रकाशित

रासस, वीरगन्ज, १२ वैशाख । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी संविधानसभाको निर्वाचनमा मधेसवादी दलहरुका बीचमा गठबन्धन हुने बताएका छन् । मधेसी पत्रकार समाज, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले त्यसका लागि सबै मधेसवादी दलहरुसँग कुराकानी भइरहेको जानकारी दिए । विशेषगरी फोरम नेपाल, फोरम लोकतान्त्रिक तथा सङ्घीय सद्भावना र तराई मधेस अभियानका संयोजक जेपी गुप्तासँग एकताका लागि छलफल भइरहेको उनले जानकारी दिए । मधेसवादी दलहरुमा गठबन्धन भएमा माओवादीसँगको गठबन्धन जारी नरहने पनि उनले बताए । अब मुलुकमा निर्वाचनको विकल्प नभएका कारण जसरी भए पनि चुनावलाई सफल बनाउनमा सबै लाग्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष ठाकुरले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाईसमेत उच्चस्तरीय राजनीतिक संयन्त्रमा बसी चुनावलाई सफल बनाउन सहयोग गर्न पनि आग्रह गरे । आफूहरु सङ्घीयता र समावेशीको पक्षमा रहेको उल्लेख गर्दै उनले आफूहरुको चुनावको मूल मुद्दा पनि यही हुने जानकारी दिए । अध्यक्ष ठाकुरले वर्तमान सरकारको मुख्य कार्य नै संविधानसभाको चुनाव सम्पन्न गराउने भएकाले यो सरकारले मङ्सिरमा चुनाव गराउनेमा शङ्का नगर्न पनि सबैलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४