चुनावी स्वार्थ पूरा गर्न एमाओवादी समर्थकहरुलाई सुकुम्बासीको परिचयपत्र

१२ बैशाख २०७०, बिहीबार १४:२९ मा प्रकाशित

काठमाडौं, १२ वैशाख । सुकुम्बासी समस्या समाधान आयोगले एमाओवादी कार्यकर्ता र समर्थकलाई सुकुम्बासीका रुपमा धमाधम परिचयपत्र वितरण गरेको पाइएको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सरकारका पालामा एमाओवादी नेता भक्तिप्रसाद लामिछानेको अध्यक्षतामा गठित आयोग र मातहतका जिल्ला समितिले तराईका २० र भित्री मधेस तथा पहाडका पाँच जिल्लामा कार्यकर्तालाई सुकुम्बासीका नाममा जग्गा दिन जथाभावी परिचयपत्र बाँडिरहेको बताइएको छ ।
सुकुम्बासीको पहिचान, परिचयपत्र वितरण र उनीहरूलाई उपलब्ध गराउने उपयुक्त जग्गा सिफारिस गर्न गठित आयोगमा नियुक्त पदाधिकारीले आफ्नो दायित्वविपरीत सुकुम्बासीलाई भन्दा धेरैजसो माओवादी कार्यकर्तालाई परिचयपत्र वितरण गर्दै आएको भूमिसुधार मन्त्रालयका एक अधिकारीले पुष्टि गरे । ती कर्मचारीका अनुसार आयोग र समितिले करिब १ लाखलाई सुकुम्बासीको परिचयपत्र बाँडिसकेको छ भने परिचयपत्र पाउनेमध्ये वास्तविक सुकुम्बासीभन्दा धेरैजसो घरजग्गा भएका एमाओवादी कार्यकर्ता र उसले सिफारिस गरेका व्यक्ति रहेको दाबी गरिएको छ । सुकुम्बासी आयोग र मातहतका २५ जिल्ला समितिमा आफ्नो परिवार सुकुम्बासी भएको दाबी गर्दै ३ लाख ९५ हजारको निवेदन परिसकेको छ ।
उनका अनुसार आयोग र जिल्ला समितिमा नियुक्त पदाधिकारीले आफ्नो पार्टीको चुनावी स्वार्थ पूरा गर्ने गरी कार्यकर्तालाई जग्गा वितरण गर्न परिचयपत्र बाँडेका हुन सक्छन् । दाङ, बाँके, कैलाली, कञ्चनपुरलगायत जिल्लामा घरजग्गा भएका कार्यकर्तालाई सुकुम्बासीको परिचपत्र दिइएको छ । कतिपय कार्यकर्ताले हलिया, मुक्त कमैया र सुकुम्बासी तीनैवटा परिचयपत्र पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा