समायोजन सकिएपछि संविधानले तीव्रता पाउँछ: दाहाल

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
२२ चैत्र २०६८, बुधबार १३:४७ मा प्रकाशित

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)

काठमाडौ, चैत्र २२ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाको मूलभूत विषयको रुपमा रहेको सेना समायोजनको कार्य सकिएपछि संविधान लेखनले तीव्रता पाउने बताएका छन् ।
बुधबार आफ्नै निवासमा संवैधानिक समितिका सभापति निलाम्बर आचार्यसंगको भेटवार्तामा दाहालले शान्ति र संविधानमा आफू गम्भीर रहेको बताए ।
संविधान लेखन कार्यका लागि तोकिएको समय छोटिँदै गइरहेको अवस्थामा दलहरुलाई शान्ति प्रक्रिया सकेर संविधान लेखनमा लाग्न ध्यानाकर्षण गराउने उद्देश्यले आचार्य  दाहाल निवास पुगेका थिए ।
भेटमा दाहालले शान्ति र संविधानका लागि आफूहरु गम्भीर रहेको र राजनीतिक परामर्श पनि निरन्तररुपमा चलिरहेकाले जेठ १४ भित्र संविधान आउने विश्वास व्यक्त गरे । उनले चैत मसान्तसम्ममा सेना समायोजनको काम सकिने र त्यसपछि संविधान लेखनलाई गतिदिन सहज हुने बताए ।
उनले संविधान लेखनमा देखिएका विवादित मुद्दामा समाधान खोज्नका लागि सभापति आचार्यको पहलप्रति आफू सकारात्मक रहेको र यस विषयलाई चाँडै नै अन्तिम टुङ्गोमा पु¥याइनेमा जोड दिएका थिए ।
भेटमा सभापति आचार्यले संविधानसभाको म्याद छोटिँदै गएकाले संविधान निर्माणमा गम्भीर बन्न आग्रह गर्दै प्रमुख दलका शीर्ष नेताहरुको ध्यान संविधान निर्माणमा केन्द्रित गर्न भेटवार्तालाई तीव्र बनाएको जानकारी गराएका थिए ।
उनले संविधानसभाको म्याद सकिन अब ५४ दिन मात्रै बाँकी रहेको भन्दै विवादित मुद्दामा चाँडो सहमति जुटाउन र संवैधानिक समिति तथा विवाद समाधान उपसमितिका बैठकहरुमा शीर्ष नेताहरुको सहभागिता बढाउन आग्रह गरेका थिए ।
सो अवसरमा विवादित विषयमा दलहरुबीच छलफल र बहसलाई तीव्रता दिनुपर्ने, प्रक्रियागतरुपमा गएर भएपनि विवादित मुद्दामा समाधान खोज्नुपर्ने, विवाद समाधानका लागि पर्याप्त गृहकार्य गर्नुपर्ने र दलहरुबीचको असमझदारीलाई हटाउने विषयमा पनि छलफल भएको थियो ।
दलहरुका बीचमा संविधानसभामा मुख्य गरी राज्यको पुनःसंरचना, निर्वाचनप्रणाली र शासकीय स्वरुपका विषयमा मतभेद रहँदै आएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको