सार्कको महासचिवमा ‘आफ्नो मान्छे’ नियुक्त गराउन सुजाता र आरजुको कसरत

१२ बैशाख २०७०, बिहीबार १०:१४ मा प्रकाशित

काठमाडौं, १२ वैशाख । सार्क सम्मेलन हुन करिब पौने एक वर्ष अवधि बाँकी रहँदै सार्कको महासचिव बन्न नेपालमा दौडधुप सुरु भएको छ । यसरी दौडधुप गर्नेहरूमा श्रीधर खत्री, डा. पोषनाथ पाण्डे र डा. शम्भुराम सिंखडा रहेका छन् । पञ्चायतकालीन मन्त्री पदमबहादुर खत्रीका छोरा श्रीधर खत्रीलाई एमाओवादी अध्यक्ष प्रचण्डले रुचाएको, डा. पोषनाथ पाण्डे आरजु राणा देउवाको उम्मेदवारका रूपमा अघि बढेको र डा. शम्भुराम सिंखडालाई सुजाता कोइरालाको साथ रहेको बताइन्छ । आरजु राणाले पाण्डेलाई यसअघि राष्ट्रिय योजना आयोगको सदस्य बनाइदिएकी थिइन् भने शम्भुराम सिंखडा पञ्चायतकालमा तात्कालिक बडामहारानी ऐश्वर्यको कृपाले समाजकल्याण परिषद्का सदस्यसचिव र प्रजातन्त्र आएपछि सुजाता कोइरालाको विशेष कृपाबाट जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि बन्न सफल व्यक्ति हुन् । अन्तर्राष्ट्रियस्तरका हरेक पदको स्थायी दाबेदारका रूपमा चिनिँदै आएका पाण्डे र सिंखडा ‘माथि’ पुग्नका लागि प्रभावशाली महिलाहरूलाई उपयोग गर्न माहिर मानिन्छन् । जब कि दुवैले यसअघि जिम्मेवारी पाउँदा देशका लागि कुनै प्रभावकारी काम गरेर देखाउन सकेका छैनन् । श्रीधर खत्रीलाई पनि कार्यक्षमता र योग्यताका दृष्टिले कमजोर मानिन्छ । सार्कको महासचिव भएर प्रचण्डलाई बाहेक देशलाई खुसी तुल्याउने काम खत्रीबाट पनि होला भन्ने अपेक्षा गरिएको छैन ।
सार्कको महासचिवमा हाल माल्दिभ्सले मौका पाएको छ भने नेपालमा आगामी जनवरीको आसपासतिर हुने सम्भावना रहेको सार्क सम्मेलनसँगै महासचिव चयनको मौका नेपाललाई प्राप्त हुनेछ । नेपाल सरकारले महासचिवको नाम प्रस्ताव गरेपछि सार्क सम्मेलनअघि हुने सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरूको बैठकले अनुमोदन गर्ने र नयाँ महासचिवले सार्क सम्मेलनसँगै आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । नेपाल सरकारले अहिलेसम्म यस सम्बन्धमा खासै चासो देखाएको छैन । तर, योग्य, सक्रिय र सक्षम व्यक्तिको खोजी भने आगामी तीन महिनापछि सुरु हुने बताइन्छ ।
प्रचण्ड, आरजु र सुजाता कोइरालाले आ–आफ्ना उम्मेदवार अघि सारेको जानकारी सरकारी निकायलाई अहिलेसम्म नभएको बुझिन्छ । कुराको जानकारी हिसिला यमीलाई भएमा उनले पनि बीके मान या त्यस्तै अरू कसैको नाम अघि सार्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आए जिम्मेवारीबाट नभाग्ने बताएका छन्। आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै

काठमाडौ । नेकपा दाहाल-नेपाल समूहले ओली समूहमा सक्रिय नेताहरुलाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेतसहित सूर्य थापा, विशाल भट्टराई,

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय