कर नतिरेपछि ट्रेड टावरमा ताला लगाइने

१२ बैशाख २०७०, बिहीबार ०९:२० मा प्रकाशित

काठमाडौं, १२ वैशाख । बारम्बार ताकेता गर्दा पनि घर जग्गा कर नतिरेपछि राजधानीको थापाथलीस्थित ट्रेड टावरमा महानगरपालीकाले ताला लगाउने भएको छ। थापाथलीस्थित खाद्य संस्थानको जग्गा लिजमा लिएर बनाइएको ट्रेड टावरको मूलगेटमै महानगरपालिकाले ताला लगाउन लागेको हो ।
खाद्य संस्थानसँग जग्गा लिजमा लिएर ट्रेड टावर निर्माण निर्माण र सञ्चालन गरिरहेको कञ्चनजंघा हाउजिङले महानगरपालिकालाई एक वर्षको करिब ६० लाख राजस्व तिर्न बाँकी रहेको कामनपा राजस्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानांगको दाबी छ । नक्सा पास भएको दुई वर्ष भित्रमा घरबहाल कर तिर्नुपर्ने ट्रेड टावरले हालसम्म एकपटक पनि कर नतिरेकाले र तिर्ने प्रक्रियामा पनि नरहेको महानगरपालिकाले जनाएको छ।
कर तिर्न बैशाख १ सम्मको समयावधि सकिएको तर सम्पर्कमा नआउपछि बाध्य भएर तालाबन्दी गर्न लागिएको प्राधानांगले बताए। उता कञ्चनजंघा हाउजिङले चाहिँ कर तिर्नु नपर्ने आदेश माग्दै सर्वोच्च अदालत गएको तर  अदालतले त्यस्तो आदेश दिन इन्कार गरेको बुझिएको छ । उक्त टावरमा हाल ब्रिटिस कलेज, ह्वाइहाउस कलेज, नेपाल उद्योग परिसंघ, नेपाल पूर्वाधार विकास कम्पनी लिमीटेड, ट्रेड टावर रेष्टुरेन्ट लगायत सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा