प्रचण्ड शनिबार भारत जाने

१२ बैशाख २०७०, बिहीबार ०८:२१ मा प्रकाशित

काठमाडौं, १२ वैशाख । कोणकोणबाट गरिएको महिनौँको प्रयत्नपछि अन्ततः एमाओवादी अध्यक्ष प्रचण्डको भारत भ्रमण कार्यक्रम तय भएको छ । आगामी शनिबार उनी नयाँदिल्ली प्रस्थान गर्ने निश्चित भएको बताइएको छ । शनिबार साँझ भारत पुग्ने प्रचण्ड मंगलबार स्वदेश फर्कने कार्यक्रम तय भएको एमाओवादीनिकट सुत्रले जानकारी दिएको छ ।
भारत बसाइका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री मनमोहन सिंह र विदेशमन्त्री सलमान खुर्सिदसँग विशेष भेट गर्ने कार्यक्रम रहेको छ भने भारतीय जनता पार्टी, कांग्रेस आईलगायतका अन्य थुप्रै पार्टीका नेताहरुसँग पनि प्रचण्डले भेटघाट र छलफल गर्ने बुझिएको छ । कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग भने प्रचण्डले भेट पाउने या नपाउने अझै निश्चित नभएको स्रोतले जनायो ।
भारत पुगेको भोलीपल्ट प्रचण्डलाई त्यहाँका अग्रणी उद्योग वा अत्यन्तै सफल मानिएको जलविद्युत् आयोजनाको स्थलगत भ्रमण गराउने कार्यक्रम राखिएको बताइन्छ । प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक भन्दा आर्थिक एजेण्डामा केन्द्रित रहने बताए पनि मूलतः राजनीतिक विषयवस्तुमै वार्ताहरु हुने नयाँदिल्ली स्रोतको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी