रेग्मी सरकारले निर्वाचन गराउनेमा लिलामणिको शङ्का

१२ बैशाख २०७०, बिहीबार ०७:३४ मा प्रकाशित

छविलाल बगाले, लमजुङ, १२ वैशाख । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य लिलामणि पोखरेलले सिङ्गो मुलुक माओवादीको एजेण्डामा घुमीरहेकाले अब माओवादीविना मुलुकको विकास सम्भव नहुने दाबी गरेका छन् । एनेकपा माओवादी लमजुङको बैचारिक तथा राजनितिक प्रशिक्षण कार्यक्रममा लमजुङ सदरमुकाम बेसीसहर आइपुगेका पोखरेलले वर्तमान सरकारले निर्वाचन गराउन ढिलाई गरे आन्दोलनमा उत्रने चेतावनी दिँदै सो कुरा बताएका हुन् । दोस्रो संविधानसभा निर्वाचनको तयारीमा एमाओवादी जुटीसकेको बताउँदै पोखरेलले निर्वाचनमा तयारी गरेको पार्टी आन्दोलनमा पनि जानसक्ने चेतावनी दिए ।
काबुभन्दा बाहिर परिस्थिति गएर असारमा चुनाव हुन नसके मंसिरमा गर्न सकिने भनिएकाले अब सरकारले मंसिरका लागि चुनावको मिति तोक्न ढिला गर्न नहुने उनले दाबी गरे । उनले निर्वाचनको विरुद्ध आन्दोलनमा उत्रिएका दलहरुसँग बार्ता थाल्न सरकारसँग आग्रह समेत गरे । सरकारले आन्दोलनरत दलसँग बार्ता गर्नका लागि वार्ता टोली बनाएपनि वार्ता आरम्भ नगरेको उनको गुनासो थियो ।
निर्वाचन आयुक्तहरुले नियुक्त गर्नुअघि तीन महिनाको समयमा निर्वाचन गर्न सकिने बताए पनि नियुक्त भएको भोलीपल्टैदेखि समय नपुग्ने भन्दै निर्वाचन गर्न आलटाल गरेको लिलामणिको आयोग छ । उनले निर्वाचनको वातावरण दलहरुले नभई सरकार आफैंले बनाउनुपर्ने बताए । हार ब्यहोर्नुपर्ने डरले केही दलहरु निर्वाचनमा जान डराइरहेको नेता जिकीर गर्दै एमाओवादीसँग हारिने डरले माओवादीइतरका दलहरु निर्वाचन ढिला गराउन उद्दत रहेको पोखरेलको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग