दाउन्ने बजारको अस्तित्व नै समाप्त

१२ बैशाख २०७०, बिहीबार ०७:३३ मा प्रकाशित

दाउन्ने, १२ वैशाख । सडक विस्तारका नाममा नवलपरासी दुम्किवास गाविसस्थित दाउन्ने बजारको सिङ्गो बस्ती नै हटाएर अस्तित्व नै समाप्त पारिएकोप्रति शिवसेना पार्टी पश्चिमाञ्ल क्षेत्रिय समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सडक विस्तार र विकास कार्यको लागि सरकारबाट भएको कार्य राम्रो भए पनि  पनि त्यहाँका नागरिकलाई वैकल्पिक व्यवस्था नगरि अस्तव्यस्त रुपमा हटाइएको भन्दै शिव सेनाले आपत्ति जनाएको हो ।
दाउन्नेवासीका घर–टहरा हटाउने, भत्काउने क्रमम त्यहाँका नागरिकको पूरै रोजिरोटि नै गुमेको र वस्ती नै तहसनहस भएकोले तत्काल वैकल्पिक व्यवस्था गर्न माग गर्दे शिव सेनाले नवलपरासीका प्रमुख जिल्ला अधिकारी केशव घिमिरेलाई  ज्ञापन पत्र बुझाएको छ । डोजर लगाएर बस्ती हटाइएका कारण अहिले दाउन्नेदेवि मन्दिरको संरक्षकको रुपमा रहेको सो वस्तीका नागरिकहरु खुल्ला आकाशमुनि बस्न बाध्य छन् । राज्य पक्षबाट भएको यो कार्य जवरजस्ती र अमानविय भएको ठहर गर्दै शिवसेनाले तत्काल पुनर्वास एवम् क्षतिपुर्ति दिलाउन माग गरेको छ । आफ्नो माग पुरा नभए आन्दोलनको कडा कार्यक्रम घोषणा गरेर आन्दोलन गर्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।