शिर्ष नेताहरुलाई अन्तिम कवोल गराएर मात्रै कार्यब्यवस्थाले उपसमितिको म्याद थप्ने

२२ चैत्र २०६८, बुधबार १३:४३ मा प्रकाशित

काठमाडौ, २२ चैत । कार्यब्यवस्था परामर्श समितिले शिर्ष नेताहरुलाई जेठ १४ गते संविधान जारी गर्ने विषयमा कवोल गराएर अन्तिम पटक मात्र सहमतिकोलागी विवाद समाधान उपसमितिको म्याद थप्ने भएको छ ।
आज बसेको समितिको बैठकले पटक पटक सहमतिकोलागी भन्दै म्याद थप्दा कुनै उपलब्धि हुन नसकेको भन्दै यसपटक शिर्ष नेताहरुसँग छलफल गरेर अन्तिम समयसीमा तोकेर थप्ने निष्कर्स निकालेको एमाले मुख्य सचेतक भीम आचार्यले जानकारी दिए ।
त्यसकोलागी बैठकले भोली विहान साढे ११ बजेकोलागी प्रमुख दलका शिर्ष नेताहरुलाई बोलाएको छ । शिर्ष नेताहरुलाई जेठ १४ गते संविधान जारी गर्न प्रतिबद्ध गराएर मात्र सहमतिकोलागी म्याद थपिने उनले बताए ।
नेता आचार्यले झापामा पत्रकार यादव पौडेलमाथि भएको आक्रमणको घटनाको निन्दा गर्दै तत्काल अपराधीको खोजी गरी कारवाही गर्न सरकार सँग माग गरे । सरकारले बेवास्ता गरे संसदमा एमालेले सरकार विरुद्ध अभियान चलाउने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई