नेपाल र भारतका प्रमुख धाम अब रुपन्देहीमै

१२ बैशाख २०७०, बिहीबार ०७:३१ मा प्रकाशित

चन्द्रकान्त  खनाल, रुपन्देही, १२ वैशाख । मोक्षधाम सेवा आश्रम रुपन्देहीले धामहरुको सिलान्यास गराएको छ । मोक्षधाम निर्माणाधीन स्थल रुपन्देहीको आनन्दवन पश्चिम पहुनीमा आयोजना गरिएको कार्यक्रममा धामका संरक्षक अध्यक्ष ईश्वरकृष्ण सास्त्री तथा स्थानीय वासिन्दाले संयुक्त रुपमा धामहरुको सिलान्यास गरेका हुन् ।  धामको गुरुयोजना अनुसार अमृत कुण्ड, पशुपतिनाथ लगायतका धामहरुको सिलान्यास गरिएको छ भने बाँकी धामहरु बिस्तार गरिँदै लैजाने अध्यक्ष शास्त्रीले बताए ।
जिल्लालाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित आठ धाम सिलान्यासका लागि आर्थिक संकलन तथा प्रचारप्रसार गर्ने उद्देश्यले गत चैतको १४ देखि २४ गतेसम्म रुपन्देहीको भैरहवामा श्रीमद्भागवत धार्मिक महामहोत्सव गरिएको थियो । रुपन्देहीको आनन्दवन गाविसको पश्चिम पहुनीमा निर्माण गर्न थालिएको मोक्षधाम सेवा आश्रममा नेपालका पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र बुद्धधाम तथा भारतका बद्रिनाथ, जगन्नाथपुरी, रामेश्वरम तथा द्वारिका गरि आठ धाम निर्माण गर्ने, त्यस्तै सोही स्थानमा गौशाला, अखण्ड दीप, त्यसैको समिप तिनाउ नदि किनारमा सव दाहगृह, धार्मिक अध्ययनका लागि पाठशाला, त्यस्तै अनुसन्धान केन्द्र बनाउने लक्ष्य लिइएको छ ।
आठ धाम सिलान्यासकै क्रममा दानबिरहरुलाई सम्मान गरिने पनि कार्यक्रम तय गरिएको छ । मोक्षधाम निर्माण गर्ने लक्ष्य सहित गत वर्ष पनि यस्तै धार्मिक महायज्ञ गरिएको थियो । सो महायज्ञबाट संकलन भएको रकमबाट १ करोड बढीको आर्थिक लगानीमा राधाकृष्ण मन्दीर, तथा सन्त निवास सहित प्रवचन हल निर्माण गरि सकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि