नेपाली कामदारसिहत आफ्नै छोरीको हत्यामा तलवार दम्पत्ति दोषी

११ बैशाख २०७०, बुधबार २२:१८ मा प्रकाशित

नयाँदिल्ली, ११ वैशाख । अर्घाखाँचीका एक नेपाली नागरिकसमेत मारिएको भारत नयाँदिल्लीको बहुचर्चित आरुषी हत्याकाण्डमा उनकै बाबुआमा दोषी रहेको जानकारी सीबीआईका अधिकारीले दिएका छन् । प्रमाणहरू सबै नियोजित तरिकाले मेटाइएको उक्त घटनामा हत्या भएको स्थानमा बाह्य व्यक्ति कोही प्रवेश नगरेकोले आरुषीका डेन्टिस्ट बाबुआमा राजेश र नुपूर तलवार नै दोषी रहेको जवाफ दिएपछि हत्याकाण्डमाथिको अदालती प्रक्रियामा तरङ्ग आएको छ । 
पाँच वर्षअघि सन् २००८ को मे १५ मा दिल्लीनजिकैको नोयडामा भएको घटनाबारे लामो अनुसन्धानपछि सीबीआईले रिपोर्ट बुझाउँदा अस्पष्ट तरिकाले बुझाएको थियो । जसमा प्रमाणहरू स्पष्ट नभेटिएको तर आशङ्काको घेरामा राजेश र नुपूरलाई नै राखिएको थियो । अदालती प्रक्रियाका क्रममा दम्पती हिरासतमा समेत परेका थिए । तर, उनीहरूले अभियोगको खण्डन गर्दै आएका छन् । आरुषी र हेमराजको सावधानीपूर्वक हत्या गरी प्रमाण मेटिएको सीबीआईको रिपोर्टमा उल्लेख छ । सुरुमा आरुषीको शव फेला परेको र पछि हेमराजको शव घरको कौशीमा भेटिएको थियो । दुवैको धारिलो हतियार र गल्फ स्टिकले हानिएको भए पनि कसले हान्यो यकिन प्रमाण अझै भेटिएको छैन । घटनाबारे विभिन्न आशङ्का जन्मिइरहँदा आरुषी र हेमराजबीचको शारीरिक सम्बन्धबारे समेत आशङ्काहरू उठ्यो । हत्यापछि आरुषीको गुप्ताङ्ग सफा गरिएको र शारीरिक सम्पर्कबारे प्रमाण नखुलाउन दबाब दिइएको तथ्य पत्ता लागिसकेको छ ।
घटनामा संलग्न रहेको अभियोगमा दुई नेपाली र एक भारतीयलाई सुरुमा पक्राउ गरिए पनि उनीहरू निर्दोष पाइए । उनीहरूलाई फसाउन खोजिएको तथ्यसमेत फेला प¥यो । निकै लामो प्रक्रियापछि पनि अदालती प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन ।
यता दिल्लीमा बलात्कारको घटना फेरि चर्चामा आइरहँदा दुई नेपाली युवतीसमेत बलात्कारको सिकार भएको सार्वजनिक भएको छ । जसमध्ये सिन्धुपाल्चोक घर भएकी विवाहित युवतीमाथि यौन दुव्र्यवहार मात्र भएको दाबी गरिएको छ । अर्की १७ वर्षीया युवतीलाई चाहिँ घरमालिकका छोराले बलात्कार गरेका छन् । पैसा दिएर घटना गुपचुप राख्ने प्रयास पीडक पक्षले गरेका छन् । उदयपुर घर भएकी युवतीको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।